OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २०, २०८०सुर्खेत
५२ पटक

२० चैत २०८०, मंंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा विश्वासको मत लिने अडान कायमै राख्नुभएको छ ।

विश्वासको मतका लागि आईतबार कर्णाली प्रदेशसभा सचिवालयमा पत्र दर्ता गर्नुभएका मुख्यमन्त्री शर्माले आज दिउसो ३ः०० बजे बस्ने बैठकबाट विश्वासको मत लिने अडानबाट पछि हट्नुभएको छैन । सत्ता गठबन्धनको केन्द्रीय बैठकले मुख्यमन्त्री एमालेलाई दिने सहमति गरेपनि कर्णालीमा सहजै ग्रहण गर्न नसकिने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संवैधानिक व्यवस्था अनुसासर प्रदेशसभामा विश्वासको मतका लागि पत्र दर्ता गरिसकेकाले पछाडि नहट्ने मुख्यमन्त्री शर्माले अडान लिनुभएको छ । यद्यपि केन्द्रीय निर्णय अनुसार कर्णालीमा सत्ता गठबन्धनको सरकार गठनका लागि नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश ईञ्चार्ज कालीबहादुर मल्ल, प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मुख्यमन्त्री शर्माबीच आन्तरिक छलफलमा बस्नुभएको छ ।

अहिले नेकपा एमाले कर्णाली प्रदेश ईञ्चार्ज लेखराज भट्ट, नेता यामलाल कँडेलले मुख्यमन्त्री शर्माको निवासमा बसेर सहमति कार्यान्वयनका विषयमा छलफल चलिरहेको मुख्यमन्त्री शर्माका प्रेस सल्लाहकार प्रतीक ईच्छुक शर्माले जानकारी दिनुभयो । “छलफल चलिरहेको छ,” उहाँले भन्नुभयो, “अब एक घण्टाभित्र आउने निष्कर्षले मात्र के हुने भन्नेबारे टुंगो लाग्छ ।”

कर्णाली प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीले यही सरकारलाई निरन्तरता दिनुपर्ने अडान राख्दै आएको छ । सत्ता गठबन्धनको केन्द्रीय सहमति अनुसार एमालेलाई कर्णालीमा मुख्यमन्त्री दिने निर्देशन भएपछि दुवै दलले सरकारको नेतृत्व आ–आफूले लिन आन्तरिक गृहकार्य थालिरहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्