OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १९, २०८० सुर्खेत
१२२ पटक

१९ चैत २०८०, सोमबार

सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा एमालले मुख्यमन्त्री पाउने निर्णय भएको छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाएको हो । सत्ता गठबन्धनको केन्द्रीय सहमति अनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम सर्कुलरसमेत आएको ईञ्चार्ज मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रले गरेको सहमतिलाई प्रदेशले मान्नै पर्ने हुन्छ । शीर्ष नेतृत्व बसेर गरेको निर्णय अनुसार गठबन्धन दलकै प्रदेशमा सरकार निर्माण हुन्छ ।” यता मुख्यमन्त्री राजकुमार शर्माले भोलि मंगलबार विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा आईतबार पत्र दर्ता गराईसक्नुभएको थियो ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि अब कर्णालीमा के हुने भन्नेमा अन्योलता सृजना भएको छ । अपेक्षा गरेको भन्दा केन्द्रमा फरक सहमति भएर आएपछि माओवादी नेताहरुले असन्तुष्टि पैदा गरेका छन् ।

प्रतिकृया दिनुहोस्