OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १७, २०८०सुर्खेत
२३८ पटक

१७ चैत २०८०, शनिबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाललाई संसारमा चिनाउन कर्णाली महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

रेड चिल्ली प्रालिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८०’को उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले कर्णाली प्राकृतिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली संभावनाको खानीको हो । यसको भरपूर उपयोग गर्न सक्नुपर्दछ ।” यहाँको संस्कृति, भाषा, साहित्य, कलाको विकासले नेपालको स्वर्ग कर्णाली प्रदेश बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले कर्मचारी, योजना साहित्य र चलचित्र क्षेत्रमा कर्णालीले ठूलो प्रभाव पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “एघारौं÷बाह्रौ शताब्दीमा सुर्खेत काक्रेबिहार, दुल्लु, सिंजाहुँदै कैलाश जाने महत्वपूर्ण व्यापारिक मार्ग थियो । अहिले पुनर्उदय हुन थालेको छ ।”

नेपाली भाषा, सभ्यता, साहित्य, कला र संस्कृतिको जननी मानिएको कर्णालीले धेरैलाई लेखक, साहित्यकार एवं कवि बनाएको जनाउनुभएका उपाध्यक्ष शाहीले कथाका माध्यमबाट यहाँको साँस्कृतिक, सामाजिक पहिचानलाई माथि उठाउन सके कर्णाली नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य सोविता गौतमले कर्णाली जत्तिको सुन्दर नेपालमा अरु कुनैपनि ठाउँ नभएको जिकिर गर्नुभयो । कर्णालीको भूगोल अवलोकन गर्ने उद्देश्यले गत वर्ष स्थलगत यात्रा गरेको बताउँदै उहाँले कर्णाली भेरी करिडोरमा ट्रेकिङ ट्रेलको जतिपनि संभवना भएकोले यहाँको सुन्दरतालाई विश्वसामु चिनाउन सकिए सिंगो नेपालकै आर्थिक समृद्धि हुने जनाउनुभयो । कर्णालीका चुनौति र अप्ठ्यारालाई अवसरका रुपमा लिई विकासमा जोड दिनुपर्ने सांसद गौतमको भनाई थियो ।

चलचित्र निर्देशक आकाश अधिकारी कर्णालीको कला, संस्कृति सभ्यता, भेषभूषा जननी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको लवज र बोलिने शब्द कर्णप्रिय छ । यसलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन चलचित्र क्षेत्रले मात्र सक्छ ।” काठमाडौं उत्रेपछि विदेशीलाई लुट्न सुरु गर्ने नेपालीको प्रवृति निर्मूल गर्नुपर्ने भन्दै उहाँले पर्यटनको विकास तथा प्रवद्र्धनमा फिल्म क्षेत्रको महत्वपूर्ण भूमिका रहेको जनाउनुभयो ।

घुमौं कर्णाली, हेरौं कर्णाली नारासहित उद्घाटन गरिएको महोत्सवमा कर्णालीका मौलिक कथा, परिवेश र चलचित्र, कर्णालीमा चलचित्रको विकास र राज्यको भूमिकाका विषयमा अन्तरक्रिया भएको थियो । कार्यक्रमका सहभागीहरुले विकास गर्नेहरुका लागि कर्णाली उपयुक्त थलो भएको सुझाउँदै यहाँको संस्कृति र सभ्यता संरक्षण तथा प्राकृतिक सम्पदाको विकास नेपाल सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्