OnlinePana

आज : २०८१ बैशाख २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १६, २०८०सुर्खेत
६९ पटक

१६ चैत २०८०, शुक्रबार

कर्णाली प्रदेशसभाका सदस्य राजीवविक्रम शाहले नेपाल सरकारले यही चैत्र ५ गते प्रकाशन गरेको राजपत्रमा भएको त्रुटि सच्याउन संघ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको चौथो बैठकमा बोल्दै सदस्य शाहले नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी वैदेशिक ऋण प्राप्त गर्ने प्रयोजन लागि संवत् २०८० साल असोज १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प लेखिनु संवेदनहीन कार्य भएको टिप्पणी गर्नुभयो ।

“राजपत्र जस्तो नेपाल सरकारको विशिष्ट दस्ताबेजमा असोज १७ गते जाजरकोटमा भूकम्प गएको लेखिनु चरम लापरवाही हो,” उहाँले भन्नुभयो, “असोज १७ गतेलाई तत्काल सच्याएर कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको उल्लेख गर्न संघ म सरकारको ध्यानाकर्षण गर्दछु ।

त्यस्तै, जाजरकोट जिल्ला नै विपद् संकटग्रस्त क्षेत्र भएकोले शिवालय गाउँपालिकालाई संकटग्रस्त क्षेत्रमा सूचीकृत गर्न छुटाएको प्रति पनि प्रदेशसभा सदस्य शाहले आपत्ति जनाउनुभयो । उक्त पालिकालाई संकटग्रस्त क्षेत्रमा तत्काल समावेश गर्न उहाँले संघ सरकारसँग माग गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्