OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई/सुमित्रा शाहीजेठ ३, २०७७जुम्ला
७०८ पटक

जुम्ला जेठ ३ गते । मानवजातिलाई नै चुनौतिदिने गरि महामारीको रुपमा चुनौतिका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम गरिरहेको छ । कोरपाटी अनलाईनले जुम्लाको हिमा गाउँपालिकाले के के काम गरेको छ । सो बिषयमा हामीले जानकारी लिएका छौ ।
हिमा गाउँपालिका सँग हामीले हिमा गाउँपालिकाले गरेको कामको बिषयमा सम्पर्क गरेका छौ । गाउँपालिकाले रु ५० लाखको बिपत व्यवस्थापन कोष संचालन गरेको प्रमुख शासकीय अधिकृत टोपबहादुर बुढाले जानकारी दिनुभयो । सोही कोषबाट हिमा गाउँ गाउँपालिकाले सवै घरधुरीलाई रु ४२ लाखको खाद्यन्न सामग्री बितरण गरेको छ । यसैगरी खाद्यन्न बैंक स्थापना गरिएको छ ।
यसैगरी गाउँ गाउँमा सावुन मास्क सहित जनचेतनाको कार्यक्रम संचालन गरेको जानकारी गरेको छ । गाउँपालिकाले शुरुवाती चरणमा वडास्तरमा क्वारेन्टाईन स्थापना गरेपनि अहिले कालिका माध्यामिक विद्यालय कालिकाखेतु बुअमा ३० बेडको क्वारेन्टाईन राखेको छ । यसैगरी गाउँपालिकामा हेल्थडेक्स स्थापना गरी सात सय जनाको ज्वरो जाँच गरेको छ । यसैगरी जिल्ला बाहिर अलपत्र अवस्थामा भएका ५६५ जनार्ला उद्धार गरेको जनाएको छ ।
कोभिड १९ ( कोरोना भाईरस) नियन्त्रण अभियानमा स्वास्थ्यकर्मीहरु र कर्मचारीहरुलाई काम बाडफाड गरि परिचालन गरिएको र जनप्रतिनिधीहरुले वडा वडास्तरमा काम गरिरहेको गाउँपालिाले जनाएको छ ।
गाउँपालिकाले यही समयमा बेरोजगार भएका अतिविपन्न नागरिकलाई रोजगारी दिने उद्देश्यले १६१ जना अति बिपन्नलाई स्वरोजकार काम दिने भएको छ । गाउँपालिकाको रोजगार व्यवस्थापन सूचना प्रणाली दर्ता भएका एक हजार सातसय ८५ मध्य १६१ जनालाई रोजगार दिने भएको रोजगार अधिकृत दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।
यसैगरी यही समयमा आफ्नो निति कार्यक्रम अनुसार आफ्नै एम्बुलेन्स खरिद गरेर बिरामी र सुत्केरीलाई सजिलो बनाएको छ । गाउँपालिकाका कसैलाई कोरोना संक्रमण भएमा निशुल्क उपचार समेत गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।

प्रतिकृया दिनुहोस्