OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १३, २०८०जुम्ला,
२७४ पटक

चैत १३ गते । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीले जुम्लाले डिजिटल संसार सँग प्रतिस्पर्धा गरि नयाँ अनुसन्धान गर्ने विद्यार्थी उत्पादन गर्ने दिन कुरिरहेको बताउनुभयो ।
जुम्लामा अवस्थित एशिया ईन्टरनेश्नल वोडिङ स्कुल जुम्लाको अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै फेसवुकका मालिक मार्क जुकर बर्गरले फेस वुक अनुसन्धान गरेर ससारलाई एक बनाईदिएको बताउदै अव नेपालको जुम्लाले त्यो ताकत राख्ने बताउनुभयो ।
उहाँले जुम्लामा गुणस्तरीय शिक्षामा बृद्धि भईरहेको बताउदै यो बिषयमा जोड दिन आवश्यक रहेको थप्नु भयो । पुर्वमन्त्री भण्डारीले जुम्लाले हिजो बिरामी पठाउने क्षेत्रमा भारतबाट डाक्टर पढ्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउनु गर्भको बिषय उल्लेख भएको बताउदै अव जुम्लाले डिजिटल वैज्ञानिक उत्पादन गर्न विद्यालयलाई शुभकामना दिनुभयो । उहाँले अव कर्णालीकै अब्बल जनशक्ति उत्पादन गर्ने बिषयमा कर्णाली प्रतिष्ठान प्रतिष्ठान पनि लाग्नुपर्ने बताउनुभयो । मन्त्री भण्डारीले जिल्लाले देशको राजनेता समेत जन्माउने विद्यार्थी उत्पादन गर्न समेत प्रेणा दिनुभयो ।

आईटी कक्षा शुरु :
विद्यालयले विद्यालयको आईटीकक्षा, शुद्द खानेपानी र फनपार्क समेत उद्घाटन गरेको छ । पूर्वमन्त्री भण्डारीबाट र्आइटी कक्षा उद्घाटन गरिएको हो । सञ्चालक मनोज बुढाथोकीले विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ कक्षाका विद्यार्थीलाई निशुल्क आईटी कक्षाको प्रवाधान गरिनेछ । यसैगरी विद्यालयमा वालवालिकाको लागि शुद्ध खानेपानीका ठूला फिल्टर जडान गरिएका छन् ।
अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रममा निरन्तर विद्यालय आउने, अनुशासित विद्यार्थी, विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ ।

अभावको गर्भबाटै सस्कार दिने विद्यालय :
विद्यालयका सञ्चालक मनोज बुढाथोकीमगरले शिक्षा सँगै वालवालिकालाई सस्कार आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले विद्यालयमा वालवालिकालाई पढाई सँगै सस्कार सिकाउने गरेकाले नेपालमा नमुना बनाउन प्रयास गरिएको जोड दिनुभयो । उहाँले वालवालिकालाई संस्कार, शिप र उद्योेग सँग पनि परिचित गराउने गरी काम शुरु गरिएको जानकारी दिनुभयो ।
वि.सं २०६४ सालमा जुम्लामा विकासको महत्वपूर्ण विषय शिक्षा हो भन्ने मनोसायले विद्यालयको परिकल्पना गरिएको बताउदै कर्णाली पिछडिएको छैन भन्ने सोच विद्यालय दिने बताउनुभयो । उहाँले कर्णाली सम्भावनाको क्षेत्र भएपछि शिक्षा कसरी प्रदान गर्ने भन्ने बिषयमा विद्यालय सँगै अभिभावकको भूमिका अझ महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।
हामीले वालवालिकालाई जागिर खाने जनशक्ति मात्रै होईन, रोजगारी दिने जनशक्ति उत्पादन गर्न आवश्यक रहेको उहाँको जोड छ । विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा दिपा भण्डारीले विद्यालयले थालेको शैक्षिक अभियानमा आफुहरु अध्ययन गर्न पाएकोमा गर्भ लागेको धारणा राख्नुभयो ।
प्रिंसिपल चन्द्र बहादुर महतले सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दैगएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउनको लागी सिपमा आधारित शिक्षा दिन थालेको बताउनुभयो । उहाँले एसिया मोडल अंग्रेजी स्कुलमा विभिन्न बिधामा पुरस्कार पाउन सफल हुने बालवालिकालाई हार्दिक बधाई सहित उज्वल भबिष्यको शुभकामना ब्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्