OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १२, २०८०सुर्खेत
३६६ पटक

 १२ चैत २०८०, सोमबार

नेकपा एमाले जिल्ला कमिटि सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा विजय हुनुभएको छ । पदाधिकारीमा अध्यक्ष देवकोटाकै प्यानल विजयी भएको छ ।

आईतबार सम्पन्न भएको निर्वाचनमा देवकोटाले कुल चार सय ९५ मत मध्ये तीन सय ५१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी निवर्तमान अध्यक्ष अमृतबहादुर बिसी १३२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपाध्यक्षमा मोहनसिंह बडुवाल तीन सय ४६ ल्याई विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी ताराकेशर गौतमले एक सय ३० मत ल्याई पराजित हुनुभयो । यसैगरी सचिवमा डम्बर तिवारीले दुई सय ९१, उपसचिव खुलामा टिकाराम सोमैले तीन सय २४ र महिलामा सुशील विश्वकर्माले तीन सय ३५ मत ल्याएर विजयी भएको हो ।

बिसी प्यानलका सचिव डण्डीप्रसाद शर्माले एक सय ८९, उपसचिव खुला हरिप्रसाद अधिकारीले एक सय ४३ र उपसचिव महिलामा तृप्ति विकले एक सय ३३ मत प्राप्त गर्नुभएको छ । उनान्नसय सदस्यीय जिल्ला कमिटिका लागि भएको निर्वाचनमा सदस्यहरुको मतगणना भने जारी रहेको निर्वाचन कमिटिले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्