OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
रमिला महत ,चैत्र ११, २०८०जुम्ला,
१२३ पटक

चैत १० गते । हरेक बर्ष २४ मार्चमा क्षयरोग मनाईदै आएको छ । यस बर्ष पनि दिवस पनि मनाईने भएको छ । दिवसको पूर्वसन्ध्याहमा जुम्लामा सञ्चार माध्यामलाई क्षयरोगको बिषयमा सचेतना गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले क्षयरोगको लाग्नुको कारण, ईतिहास, रोकथाम तथा उपचारका बिषय नेपाल सरकारको रणनितिका बिषयमा जानकारी गरेको छ । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले क्षयरोगमा नेपाल र जिल्लाको स्थिति वारे जानकारी गर्नुभयो । सापकोटाले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा आर्थिक बर्ष २०७८,०७९ मा १०६ जना विरामी उपचारका लागि दर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार २०८० साउन देखी फागुन महिना सम्म ५२ जना क्षयरोगका बिरामी उपचारका लागि दर्ता भएका जानकारी दिनु भयो । उहाँका अनुसार क्षयरोगका कारण आर्थिक बर्ष २०७९,०८० मा ३ जना क्षयरोगका बिरामीको मृत्यू भएको छ ।

जनस्वास्थ्यले पहिलो समय स्थानीय तह केन्द्र्रीत क्षयरोग निशुल्क कार्यक्रमको अवधारणा आएको बताउदै त्यसलाई जोड दिनुपर्ने बताईएको छ । सचेतना कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले मिडियालाई जनचेतना दिनु अत्यान्तै महत्वपूर्ण रहेको बताउदै क्षयरोग रोगथामका कार्यक्रमहरु प्रथामिकता दिईनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जनस्वास्थ्यले गरेको कार्यक्रम सान्दर्भिक भएको बताउदै सुचना प्रचार प्रसारमा जोड दिईनुपर्ने सूझाव दिनुभयो । उहाँले तथ्यांकले धेरै विरामी अस्पताल ल्याउन नसकिएको बताउदै सचेतना र स्थानीय तह स्तरका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले यस बर्ष २४ मार्च अर्थात आईतवार चैत ११ गते रयाली सहित मनाउने कार्यक्रम तय गरेको छ ।

प्रतिकृया दिनुहोस्