OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ७, २०८०सुर्खेत
१२४ पटक

७ चैत २०८०, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले खेल क्षेत्रमा खेलाडीहरुले जीवन देख्नुपर्ने बताउनुभएको छ । ्

सुर्खेतमा प्रस्तावित इन्डोर तथा आउटडोर क्रिकेट रंगशाला र देउडा पार्कको आज वीरेन्द्रनगर सुर्खेतमा सिलन्यास गर्दै उहाँले खेल क्षेत्रमा खेलाडीहरुले जीवन देख्न सकेमात्र मात्र अपेक्षित सफलता हाँसिल हुने बताउनुभएको हो । मुख्यमन्त्री शर्माले भन्नुभयो, “खेलमा खेलाडीहरुको जीवन छ भन्ने वातावरण सरकारले बनाउँछ । त्यसमा प्रदेश सरकार प्रतिवद्ध छ । खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले प्रति खेलाडी प्रतिदिन रु.एक हजार दुई सय भत्ता उपलब्ध गराउँदै आएको छ ।”

प्रदेश सरकारले खेल क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण जोड दिएको बताउँदै उहाँले प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनामा खेलकुदका आवश्यक योजनाहरु समेटिने जानकारी दिनुभयो । कर्णालीको भविश्यको कोसेढुंगाको निर्माण हुँदै गरेको प्रदेश रंगशाला निर्माणको कार्य तीव्ररुपमा भइरहेको जनाउँदै उहाँले भन्नुभयो, “आगामी मंसिरमा कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै यहाँका ७९ स्थानीय तहमा खेलकुदको पूर्वाधार विकासका योजना अगाडि बढाउँछौं ।”

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले इन्डोर तथा आउटडोर क्रिकेट रंगशाला र देउडा पार्कको परिषद्मार्फत् कार्यन्वयनमा ल्याउने गरी आयोजनाको जिम्मा अभियान कन्स्ट्रक्सन काठमाडौले लिएको जानकारी दिनुभयो । रु.चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजनाअन्तरगत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ तथा लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, पक्की र इन्डोर क्रिकेट निर्माणको कार्य चालु आव.को असारमा सम्पन्न हुने उहाँले बताउनुभयो ।

सदस्य सचिव सञ्ज्यालले भन्नुभयो, “दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको छ । वीरेन्द्रनगरको कालिञ्चोकमा पनि क्रिकेट र रग्वी खेलका लागि मैदान यहाँका दशै जिल्लामा विभिन्न खेलका भौतिक संरचना निर्माणका काम भईरहेका छन् । मुख्यमन्त्री शर्माले सुर्खेतमा निर्माणाधिन प्रदेश गौरवको आयोजना प्रदेश रंगशालाको अनुगमन गरी निर्माणको कार्यको प्रगतिबारे जानकारी लिनुभएको छ ।

प्रतिकृया दिनुहोस्