OnlinePana

आज : २०८१ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ७, २०८०जुम्ला,
१०३ पटक

चैत ७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत सरसफाईकर्ताले आफुहरुलाई नेपाल सरकारले तोकेको नियमानुसारको पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन् ।

प्रतिष्ठानका सरसफाई कर्ताले नेपाल सरकारले गत साउन १ गते देखी लागु हुने निर्णय अनुसार रु १७ हजार ३ सय उपलब्ध गराई दिन अनुरोध गरेका छन् । उनिहरुले यि माग प्रतिष्ठानलाई वुझाई सकिएको जानकारी दिनुभयो । सरसफाईकता संगिता महतले पारिश्रमिक बढाउन तथा नियूक्ति उपलब्ध गराईनुपर्नेमा जोड दिनुभयो । सरसफाईकर्ताहरुले हामीले लामो समय देखी सवैभन्दा कठन काम गर्दै आईरहेकोले पारिश्रमिक सहित अन्य सुविधाहरु बढाईनुपर्ने माग गरेका हुन ।
उनिहरुले पत्रकार भेटघाट गरि आफुहरुले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ऐन २०७४ को दफा १०६ बमोजिम २०८० साउन १ गते देखी लागु हुने गरि चिया बगान बाहेकका श्रमिक र चिया बगानका श्रमिकका लागि देहाय बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गरेकाले सो तलव पाउनु पर्ने बताएका छन् । सो व्यवस्थामा मन्त्रालयले पारिश्रमिकमा मासिक १७ हजार ३ सय रहेको छ ।

प्रतिष्ठानका बरिष्ठ प्रशासकीय अधिकृत द्धोन्द्धबहादुर शाहीका अनुसार आर्थिक ऐन अनुसार कर्णाली प्रतिष्ठानले घटिघटाउमा कम्पनीलाई जिम्मा दिईएको र सो कम्पनीले सरसफाईकर्ता तहका कर्मचारीको तलव मासिक १४ हजार एकसय ५० रुपैया पारिश्रमिक दिईरहेको बताउदै हरेक बर्ष १० प्रतिशतले बृद्धि हुने जानकारी दिनुभयो । उहाँका अनुसार वाँकेको नेपालगञ्जमा अवस्थित क्रिस सेक्यूरेटि सर्भिस एण्ड मेन पावर कम्पनी सँग चार बर्ष अगाडि सम्झौता भएको जानकारी दिनुभयो । उहाँको पारिश्रमिक बढाउने बिषयमा प्रतिष्ठान प्रशासन सकारात्क रहेको जानकारी दिनुभयो ।

यता क्रिस कम्पनीका सम्पर्क व्यक्ति प्रकाश थापाको फोन सम्पर्क गर्दा स्विच अफ गरिएको छ । सरसफाईकर्ताको माग अनुसार नियूक्तिपत्र समेतको माग समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्