OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २७, २०८०जुम्ला,
१२३ पटक

फागुन २७ गते । बर्षभरी अतिरिक्त क्रियाकलापमा सहभागी कनिका निशा वोडिङ स्कुलका विद्यार्थीलाई पुस्कृत गरिएको छ ।
विद्यालयले २०८० को बर्षेनी खेल क्षेत्र र अतिरिक्त क्रियाकलापमा सहभागी भई प्रतिष्पर्धा गर्ने र उत्कृष्टता हाशिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम गरेर कप, मेडल, प्रमाणपत्रले पुस्कृत गरेको हो ।

विद्यालयलका प्रिन्सिपल तेज विक्रम शाहीले विद्यालयको कार्य योजना अनुसार बर्षेनी विभिन्न बाहिरी क्षेत्रमा खेलहरु खेल्ने र भित्री कक्षा कोठामा गरिने क्रियाकलापमा सहभागी भएका, त्यसबाट प्रतिष्पर्धामा आएका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको बताउनुभयो । उहाँका अनुसार बर्षभरी विभिन्न विधामा हाशिल गर्ने विद्यार्थी र त्यसमा नेतृत्व गर्ने शिक्षकका लागि करिब ८ सय बढि मेडल वितरण गरिएको छ ।

उहाँका अनुसार विभिन्न समुह वनाएर विद्यार्थीलाई खेल क्षेत्र, हाजिरी जवाफ प्रतियोगिता लगायत विभिन्न अतिरिक्त क्रियाकलाप गरिएका छन् । विद्यालयले पुरस्कार वितरण कार्यक्रममा खेल क्षेत्रका उत्कृष्ट खेलाडी घोषणा समेत गरेको छ । सिनियर टिममा कक्षा ८ मा अध्ययनरत विद्यार्थी राजिव डाँगी र कक्षा ६ मा अध्ययनरत माया शाहीले उत्कृष्ट बर्ष खेलाडीको रुपमा पुरस्कृत भएका छन् ।यसैगरी जुनियर तर्फ कक्षा ५ मा अध्ययनरत विजय कठायत र शुष्मा जैसी उत्कृष्ट बर्ष खेलाडी भएका छन् ।

विद्यालयका व्यवस्थापक तथा कार्यकारी निर्देशक वसन्त सिंह कठायतले अतिरिक्त क्रियाकलापलाई थप प्रर्वधन गर्ने उद्देश्यले विद्यालयले योजना बनाएर अनुसार समारोह आयोजना गरेर अभिभावका अगाडि विद्यार्थीलाई पुरस्कृत गरिएको जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले खेल क्षेत्र मानव जीवनको महत्वपूर्ण क्षेत्र भएकाले विद्यालय स्तरबाटै खेल तथा अतिरिक्त क्रियाकलापमा समावेश गर्नुृपर्ने शुभकामना दिनुभयो ।

प्रतिकृया दिनुहोस्