OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १८, २०८०जुम्ला,
१५४ पटक

फागुन १८ गते । जुम्लामा गत फागुन १६ गते देखी भएको कणाृली प्रदेश स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रवार सम्पन्न फाईनल पुरुष फुटवल प्रतियोगितामा हुम्लालाई शुन्यका विरुद्ध ४ गोल गर्दै जुम्ला बिजयी भएको छ । घरेलु मैदानमा जुम्लाले ४ गोल हान्दाको समय सम्म हुम्लाको पनि निकै राम्रो प्रर्दशन थियो ।

जुम्लाका ७ नम्बर जर्सीका खेलाडी रुविन भण्डारीले फाईनल खेलको शुरुवाति चरणमा एक गोल हान्न सफल भएका थिए । त्यसपछि जुम्लाका १७ नम्बर खेलाडि महेन्द्र शाहीले पेनाल्टी सुटआउटमा दोस्रो गोल हान्न सफल भएका थिए । यसैगरी जुम्लाका खेलाडि रुविन भण्डारीले दोस्रो हाफमा २ गोल थपेपछि जुम्ला ४ गोलको अग्रतामा बिजेता भएको हो ।

जुम्लामा फागुन १५ गते उद्घाटन भएपनि हिमपात भएका कारण फागुन १६ गतेबाट खेल भएको थियो । आगामी मंशिरमा कर्णाली प्रदेशले आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलका लागि प्रदेशस्तरीय फुटवल खेल जुम्लामा आयोजना गरिएको थियो । जुम्लामा कर्णालीका ६ जिल्ला उपस्थित खेलमा पहिलो दिन सुर्खेत र मुगुको खेल प्रतिस्पर्धा हुदा सुर्खेत विजयी भएको थियो भने जाजरकोट र हुम्ला विच भएको खेलमा हुम्ला बिजयी भएको थियो । खेलमा वाई परेर सेमिफाईनलमा परेको जुम्लाले सुर्खेतलाई पेनाल्टीमा हराउदै फाईनलमा पुगेको थियो भने हुम्लाले कालिकोटलाई हराउदै विजय भएपछि फाईनलका लागि जुम्ला र हुम्ला फाईनलमा प्रवेश गरेको थियो ।

जुम्ला जिल्ला फुटवल संघको आयोजना, कर्णाली खेलकुद परिषद, स्थानीय तहको आर्थिक सहयोगमा सञ्चालित फुटवल प्रतियोगितामा जुम्लाले पहिलो पटक प्रदेश स्तरीय खेल प्रतियोगिता सम्पन्न गरेको छ । पहिलो २ दिन फागुन १६ र १७ गते नेपाली सेना नं २४ बाहिनी अड्डाको खेलमैदानमा सञ्चालन गरिएको खेल प्रतियोगिता फाईनल खेल निर्माणाधिन जुम्लाको रंगशाला राजासिममा खेलाईएको थियो । फुटवल मैदानको हिसावले जुम्लामा चारवटा मैदान तयार भएका छन् । नेपाली सेनाको परिमलाचौर, टुडिखेल, राजासिम रंगशाला र कर्णाली प्राविधिक शिक्षलयको मैदानमा समेत खेल खेलाउन सकिने खेलाडिहरु बताउछन् ।

 

 

प्रतिकृया दिनुहोस्