OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १७, २०८०जुम्ला
१०२ पटक

जुम्ला/ फागुन १६ गते । जुम्लामा सञ्चालित प्रदेश स्तरीय फुटवल प्रतियाेगिताकाे फाईनलमा जुम्ला गएकाेछ । पहिलाे खेल सुर्खेतलाई हराउदै जुम्ला फाईनलमा गएकाे हाे ।खेलकाे शुरूवाति ७ मिनेटमा जुम्लाका खेलाडि रूविन भण्डारीले गाेल हानेका थिए । त्यसकाे जवाफमा सुर्खेतका भरत नंगलले ७३ मिनेटमा गाेल फर्काएका थिए ।                                                                                        एक/एक गाेल वरावरी भएपछि पेनाल्टीमा भने जुम्लाले जितेकाे छ । सुर्खेतका खेलाडि सुजन गुरूङले पेनाल्टी मिस गरेपछि जुम्ला बिजयी भएकाे आयाेजक जुम्ला  फुटवल संघले जनाएकाेछ ।  अव अहिले हुम्ला र कालिकाेटकाे सेमिफाईनल खेल शुरू भएकाेछ । विजेता टिमले जुम्ला सँग भिड्ने भएकाे छ ।

प्रतिकृया दिनुहोस्