OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ११, २०८०जुम्ला,
७८ पटक

फागुन ११ गते । जुम्लाको तिला गाउँपालिकामा १३ औ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले १४ वटा निति तथा ऐन पारित गरेको छ ।
गाउँपालिकाले सभामा विपत व्यवस्थापन कोष सञ्चालन कार्यविधी २०८०, सड्क आश्रित सहयोग पेक्षी मानव उद्दार पुनस्र्थापना तथा व्यवस्थापन कार्यविधि २०८०, वालमैत्री आचारसहिँता कार्यविधि २०८०, वालविवाह सम्वन्धि रणनितिक योजना २०८०, वालवालिका सम्वन्धी पञ्चबर्षिय रणनितिक योजना २०८०, अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण सम्वन्धी निति २०८०, स्थानीय विपत तथा जलवायू उत्थानशिल योजना २०८०, भवन निर्माण कार्यविधि २०८०, पोषणमैत्री स्थानीय शासन वडा तथा पालिका पोषण कार्यविधि २०८०, जग्गाको बर्गिकरण कार्यविधि २०८०, तिला गाउँपालिकाको स्थानीय शिक्षा विकास तथा व्यवस्थापन गर्न वनेको विधेयक ऐन २०७४, तिला गाउँपालिकाको शिक्षा नियमावली २०७४, तिला गाउँपालिकाको अवकास कोष कार्यविधिी २०८० र विपन्न नागरिक सम्वन्धिको कार्यविधि २०८० पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

‘समृद्ध समतामुलक , सन्दर भुसम तिला , जैविक कृषि, पर्यटन र पुर्वधारको आधारशिला, भन्ने मुल नाराका साथ गाउँसभाले विकास निर्माण र सेवा प्रवाहलाई चुस्त बनाउनका लागी उक्त कार्यविधि, ऐन, नियम पारित पास गरिएको थियो । गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार पालिकाको बिकास प्रभावकारी कार्यन्वयन गर्नका लागी ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरि पारित गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष गोरिकला बुढाले चालु आर्थिक वर्ष २०८०÷०८१ को माघ मसान्त सम्मको आयव्यय अन्तर्गत आन्तरिक आयमा रु १० लाख ५० हजार संकलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको चालु तर्फमा विनियोजित बजेट रु ३३ करोड २४ लाख रहेकोमा १५ करोड २७ लाख खर्च भएको छ । उहाँका अनुसार पालिकाको पुँजीगततर्फ बिनियोजित बजेट १७ करोड ९९ लाख विनियोजन भएकोमा २४ लाख ९० हजार खर्च भएको छ । कुल विनियोजितको बजेट ५१ करोड २४ लाख ३७ रहेकोमा १५ करोड ५२ लाख खर्च भएको छ । चालु आर्थिक वर्षबाट सडक आश्रित तथा मानसिक सन्तुलन गुमाएकाहरुलाई सुर्खेतमा रहेको मानव सेवा आश्रममा लिएको र लिन बाँकी रहेकाहरुको लागि रु दुई लाख, गाउँपालिकाको नयाँ भवनमा स्तनपान तथा पोषण कर्नर स्थापनाका लागि रु दुई लाख वजेट रकमान्तर गरिएको छ ।

गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार गाउँपालिकाको समग्र विकास र समृद्धिमा सवैको जोड हुन आवश्यक रहेको छ । उहाँले तिला गाउँपालिकामा राम्रो काममा सरोकारवाला लक्षित समुदाय, नागरिक समाज सञ्चारकर्मीको सुझाव आवश्यक भएकोमा जोड दिनुभयो । तिला गाउँपालिका ५ का वडाध्यक्ष ललित बहादुर शाहीले जनप्रतिनिधिले विकासको दृष्टिकोण र निर्देशन दिने भएकाले कामको जिम्मेवारी बढि कर्मचारीमा हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्