OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ४, २०८० सुर्खेत
१५१ पटक

४ माघ २०८०, बिहीबार

वीरेन्द्रनगर नगरपालिका कालिञ्चोकमा निर्माण भइरहेको क्रिकेट र रग्वी खेलमैदान सिंचाइको लागि अब डिप बोरिङ्ग बन्ने भएको छ ।

जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माको निर्देशनमा खानेपानी तथा उर्जा विकास निर्देशनालय सुर्खेतले विहीबार डिप बोरिङ्गको लागि जिओफिजिकल रिर्पोट संकलन गरेको हो ।

मन्त्रालयले आर्थिक बर्ष २०८०÷०८१ मा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाभित्र कालिञ्चोक खेल मैदानलगायत अन्य १२ वटा डिप बोरिङ्ग राख्ने लक्ष्य लिएको खानेपानी तथा उर्जा विकास निर्देशनालयका सब ईन्जिनियर काँशीराम ऐडीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा जिओफिजिकल रिर्पोट संकलन गर्ने र दोस्रो चरणमा लागत अनुमान मन्त्रालयमार्फत स्वीकृत हुने बित्तिकै चैतमा यसको काम सुरु गरिनेछ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले वीरेन्द्रनगर कालिञ्चोकस्थित क्रिकेट र रग्वी खेलमैदान भित्रको दुबो हुर्काउन डिप बोरिङ्गको आवश्यकता पर्ने भन्दै मुख्यमन्त्री राजकुमार शर्मासँग केही दिन अघि माग गरेको थियो । परिषदको उक्त माग पश्चात मुख्यमन्त्री शर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई तत्कालन अघि बढाउन निर्देशन दिनुभएको थियो।

अहिले रग्वी खेलमैदानको दुबो हरियाली बनाउन पानी बोकेर ल्याउनु परिरहेको छ । डिप बोरिङ बनेपश्चात क्रिकेट र रग्वी खेल मैदानको दुबो हरियाली बनाउन सजिलो हुने रग्वी संघ कर्णाली प्रदेशका अध्यक्ष सुरेन्द्र कुवँरले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्