OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २४, २०८०सुर्खेत
१५२ पटक

२४ पुस २०८०, मंगलबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसहित तीन विभागीय टोली सेमीफाइनलमा पुगेका छन् ।

प्रतियोगिताको पाँचौं दिनसम्म आइपुग्दा गण्डकी, एपिएफ, नेपाल आर्मी र पुलिस क्लब सेमीफाइनलमा पुगेका हुन् । भोलि (बुधबार) बिहान १०ः३० बजे पहिलो सेमीफाईनलमा समूह ‘ए’को विजेता सशत्र प्रहरी (एपीएफ) र गण्डकी प्रदेश भिड्ने छन् । साविक विजेतासमेत रहेको एपिएफ समुहका सबै चार खेलमा शतप्रतिशत नतिजासहित १२ अंक जोड्दै समुह विजेता बनेको हो । गण्डकी भने समुह चरणमा तीन खेल जित्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । यसले समुह चरणका तीन खेल जितेर नौ अंक प्राप्त गरेको छ ।

त्यस्तै, भोलि दिउँसो १ः०० बजे हुने दोस्रो सेमीफाइनल खेलमा समुह ‘बी’को विजेता आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस भने समूह चरणमा अर्को विभागिय टोली एपिएफसँग पराजित भएपछि उपविजेताका रुपमा नौ अंकसहित अन्तिम चारमा पुगेको हो । आर्मीले समुह चरणका चारै खेल जितेर १२ अंक प्राप्त गरेको छ ।

पुस २५ गते पहिलो र दोस्रो चरणमा हुने सेमीफाइनलका दुई विजेता टोलीहरु फाइनल खेलका लागि छनोट हुनेछन् । फाइनल खेल पुस २६ गते हुनेछ आयोजकले जनाएको छ । पुस २० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताबाट कोशी, मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् ।

 

प्रतिकृया दिनुहोस्