OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १७, २०८०सुर्खेत
१९८ पटक

१७ मंसिर २०८०, आइतबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संकटका बेला राजनीति नभई सबै मिलेर विपद्सँग सामना गर्नुपर्ने बताउनुभएको छ ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम तथा सल्यानका पीडितहरुको अस्थायी टहरा निर्माणको अवस्था बुझेपश्चात् जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको समीक्षा बैठकमा बोल्दै सञ्चारमन्त्री शर्माले भूकम्प प्रभावितहरुको अस्थायी टहरा निर्माण सबैको उत्तिकै भूमिका रहेको जनाउनुभयो । प्रहरी प्रशासन, सुरक्षा निकाय, सरकारी तथा गैर सरकारी निकाय, युवाहरुले यो समयमा सह्रानीय काम गरेको उहाँको भनाई थियो ।

सबै मन्त्रालय तथा निकायको ध्यान नै भूकम्पपीडितहरुको जीवन रक्षा र व्यवस्थापनमा हुनुपर्ने उहाँको भनाई थियो । नीतिगत तथा कानूनी अप्ठ्यारा फुकाउन नेपाल सरकार तयार भएको बताउँदै उहाँले अस्थायी टहरा निर्माणमा हुने विकृतिको अनुगमन गर्ने कार्यको जिम्मा वडाले लिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री शर्माले भन्नुभयो, “भूगर्भविद् ल्याएर भूकम्पीय जोखिम नक्साङ्कन गरी अगाडि बढ्न नेपाल सरकारले कार्य थाल्नेछ । भ्रम सृजना गर्ने कामलाई निरुत्साहित गर्न अनुगमन पनि जरुरी छ । राहत वितरण, आवास निर्माण, दोहोरोपन आउन नदिन स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्दछ ।”

समग्र बस्ती विकास निम्ति नेपाल सरकारले स्थायी आवास निर्माण गर्ने भनेर विपद कोषमा लैजाने निर्णय गरेको उहाँले जनाउनुभयो । टेलिकमबाट दुईवटा प्रभावित जिल्लासहित १९ जिल्ला नमूना जिल्लाको रुपमा विकास गर्ने बताउनुभएका उहाँले काम सुरुवात र कार्यान्वयन ती दुई जिल्लाबाटै गरिने बताउनुभयो । उहाँका अनुसार भूकम्प प्रभावित क्षेत्रमा व्यवस्थित बस्ती विकासको संरचना निर्माण, उर्जा र विद्युतीकरणका समस्या पनि सरकारले हल गर्नेछ ।

प्रतिकृया दिनुहोस्