OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ३१, २०७७जुम्ला
१०५३ पटक

वैशाख ३१ गते । अहिले सम्म कर्णाली प्रदेशमा नतिजा नेगेटिभ आउदा कर्णाली सुरक्षित छ कि भन्ने हामीलाई लागेको छ । तर हामी धेरै रिक्समा पनि छौ । कर्णालीको मुलढोका बाँकेको नेपालगंजमा कोरोनाको पुष्टि भईसकेको छ । देशभर अहिले धमाधम कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार सम्म र्दुइ सय १७ जनामा नेपालमा कोरोना पुष्टि भएको छ । काठमाण्डौमा पनि पुन कोरोना देखिएको छ ।
यस्तै काठमाण्डौ, नेपालगंज देखी देशका विभिन्न जिल्लाबाट मानिसहरु कर्णाली प्रदेशमा प्रवेश गरिरहेका छन् । जुम्लामा करिब १० हजार नाै सय ९५ मानिसहरुकाे स्वास्थ्य जाँच गरिएकाे छ । जिल्ला प्रशासन कार्यालयकाे याे तथ्यांकले पनि जिल्लामा भित्रिएका धेरै मानिस जाेखिमकाे अनुमान गराै । तर अहिले एक हजार दुईसय त्रिसट्ठीको पिसिआर परीक्षण भएको छ । यो अन्य जिल्लाको भन्दा दुर्त गतिमा काम भएको हो । तर यतिकैमा हामी सुरक्षित छैनौ भन्नु हुदैन ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार हामी परीक्षण र खोजी कार्यमा तिब्र गतिमा अगाडि बढि रहेका छौ । स्थानीय तहबाट सेम्पलको रुपमा ल्याएका नेगेटिभ देखिएका छन् । यसमा खट्ने सवै स्वास्थ्यकर्मी सहित सवैलाई धन्यवाद तर हामी फ्रि कोरोना जुम्ला भन्न सक्दैनौ । त्यसैले लकडाउनको पूर्ण पालना गर्नुपर्छ । अझै प्रशासनले कडाई गर्ने उहाँले जानकारी दिनुभयो । अहिले सरकारले केही विकास निर्माणका काम गर्ने भनेको छ । सिमित व्यक्तिहरु वाहेक अरुले लकडाउन उलंघन नर्गन उहाँले अपिल गर्नुभयो ।
यसैले त कर्णाली प्रदेश सरकारले तीब्रगतिमा वाहिरवाट आएका व्यक्ति र सम्पर्क भएका व्यक्तिको जाँच अभियान अघि सारेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली रिक्समा रहेको समेत बताउनु भएको थियो । त्यही गतिमा हामी काम गरौ, सुरक्षित होऔ । अहिले कर्णालीका २७ स्थानमा चिकित्सकको टोली स्वाब संकलनका लागि खटिएको छ । सवै जिल्लाको नतिजा हेरेपछि अर्को योजना बन्न सक्छ ।

अहिले सम्म सुरक्षित देखिएको भएपनि धेरैलाई जाँच गर्न वाँकी रहेको र जिल्ला भित्र कसरी जाने योजना बनाएर अगाडि बढ्न सरोकारवाला र विज्ञहरुको सूझाव छ । जिल्लालाई पुरै बन्द गरेर भित्र जाँच प्रक्रिया बढाउनुपर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले सूझाव दिनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले अव कसरी जाँच जुम्लामा अगाडि बढाउने योजना बनाउ, जिल्ला बाहिरबाट पुरै रोक लगाउनुपर्ने बताउनुभयो ।
अहिले केही नतिजा नेगेटिभ आयो भन्दैमा हुदैन भोली एक जनामा संक्रमण देखियो भने पुरै बस्तिनै जोखिम हुनेछ । यसैले लकडाउन पहिलो औषधी भएकाले थप ध्यान दिऔ प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिनुभयो ।
दैलेख कालिकोट र मुगुमा पनि लकडाउन थप कडा गर्दै आउने समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाका अनुसार यार्सा टिप्न समेत रोक लगाउन सुरक्षा समितिको वैठकले निर्णय गरिसकेको छ ।
विज्ञहरुको सूझाव मात्रै नभई सत्य कुरा लकडाउनको पूर्णपालना गरिएन भने भएभह अवस्था आउन सक्ने डर छ । यसैले अव थप योजना बनाऔ, लकडाउन थप प्रभावकारी बनाउ, सामाजिक दुरी कायम गरौ । खाेेेेजेर जाच्ने काम थप बढाऔ । कर्णाली सुरक्षित गरौ ।
नेत्र शाही जुम्ला

प्रतिकृया दिनुहोस्