OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,भाद्र १९, २०८०जुम्ला,
२०४ पटक

भदौ १९ गते । जुम्लाको सिंजा गाउँपालिकाले जुम्लेली खस भाषाको पात्रो लागु गरेको छ । गाउँपालिकाले निर्माण गरेको खस पात्रो सार्वजनिक गरेको छ । गाउँपालिको ऐतिहासिक धार्मिक स्थल केदार महोत्सवको अवसरमा खस पात्रो समेत सार्वजजिक गरिएको छ ।

महोत्सवका अवसरमा कर्णाली प्रदेशका उपसभामुख यशोधा कुमारी न्यौपाने र गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले खस पात्रोको उद्घाटन गर्नुभएको छ । पात्रोको सार्वजनिककरण गर्दै उपसभामुख न्यौपानले खस पात्रो खस भाषाको प्रर्वधन गर्ने लिखित दस्तावेज भएकोमा गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सिंजा गाउँपालिकाले खसभाषा र सस्कृति प्रर्वधन हुनेगरी विभिन्न कार्यक्रम गरेकाले बताउदै पवित्र स्थल केदारनाथ सहित सिंजा क्षेत्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभयो ।

गाउँपालिकाले सार्वजनिक गरेको खसपात्रोमा राष्ट्रिय क्यालेण्डरलाई प्रर्वधन गर्ने उद्देश्यले खस भाषामा महिनाहरु वैशाख( वैशाख), जेठ, असाड –असार), साउन (साउन), भदुव (भदौ), असोज, कात्तिक (कात्तिक), मुंशिर ( मंशिर), पुष (पौष), माग (माघ), फागुन (फाल्गुण) र चईत – चैत) रहेका छन् । यसैगरी पात्रोमा वारहरु आईतवार, सुमवार, माङ्लवार, बुधवार, विहीवार, सुकवार र छुन्चरवार कायम गरिएको छ ।

यसैगरी खस पात्रोमा खस सस्कृति झल्किने कार्यक्रम देउडा, हुड्के नाच, खस पहिरन, यहाँका धानखेति सहित वालिहरु, पुरातात्विक संरचनाहरु, ऐतिहासिक सिंजा उपत्यका, केदारनाथ क्षेत्र सहित विभिन्न स्थानहरु दस्तावेजीकरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताललका अनुसार खस पात्रो पनि खस भाषाको प्रर्वधनका लागि तयार गरिएको दस्तावेज रहेको छ, त्यसमा खस भाषामा महत्वपूर्ण तिथिमिति र दिवशहरु पनि उल्लेख गरिएका छन् । खसपात्रोको आर्थिक सहयोग भने पेस नेपाल जुम्लाले गरेको थियो । 

क्याप्सन : सिंजा गाउँपालिकाले सार्वजनिक गरेको खसपात्रो तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्