OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २६, २०८२
२३३ पटक

२५ माघ २०८२, आईतबार

सुर्खेतः कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत वीरेन्द्रनगरमा आज बसेको बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेख (अधुरो भवन निर्माण) आयोजनामा विनियोजित रु.साठी लाख कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय, राकम कर्णाली दैलेखलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त बैठकले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधयेक प्रदेशसभामा पेश गर्ने र कर्णाली प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्