OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ३०, २०८२
४०५ पटक

पूर्णराज बुढा/जुम्ला,

माघ १५ गते । जुम्लामा सम्बृद्ध जुम्ला विषयको संवाद कार्यक्रम सम्पन्न भएको छ । जुम्लामा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि आयोजना गरिएको जुम्ला समृद्ध संवाद कार्यक्रम सम्पन्न भएको हो ।

जुम्लाका नौ जना उम्मेदवारहरु उक्त कार्यक्रममा सहभागी भएका छन् । उम्मेदवारहरु नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी, नेपाली कांग्रेसका दिपबहादुर शाही, नेकपा एमालेका शान्तिलाल महत, रास्वपाका विनिता कठायत, नेमकिपाका बिर्षबहादुर रावत, नेकपा माओवादीका बिर्खबहादुर शाही, प्रलोपाका मनऋषि धिताल, जनता पार्टीका रनिल शाही र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल सहभागी हुनु भएको छ ।

सम्वाद कार्यक्रममा उम्मेदवार भण्डारीले जनताले निर्वाचन जिताएमा सिंजा सभ्यता विधेयक सहितका ठोस काम अगाडि बढाउने बताउनुभयो । उहाँले संसदमा कानुनी लडाई हुनेमा जोड दिनुभयो । नेपाली कांग्रेसका उम्मेद्धवार दिपबहादुर शाही र नेकपा एमालेका शान्तिलाल महत सहितका नयाँ उम्मेदवारले आफुलाई नयाँ भएकाले काम गर्न सक्ने बताउनुभयो । रास्वपाका उम्मेदवार विनिता कठायतले कानुन मार्फत काम गर्ने बताउनुभयो ।

सम्वाद कार्यक्रममा सहजकर्ता सुप्रिया राज्य लक्ष्मी शाहीले विगतका काम र भावी योजनाका विषयमा सोधिएका प्रश्नका बिषयमा उम्मेदवारहरुले प्रष्ट पारेका छन् । सम्वाद कार्यक्रममा नागरिकले प्रश्न समेत गरेका थिए । सम्बाद कार्यक्रममा भने राप्रपाका उम्मेदवार ज्ञान बहादुर शाही उपस्थित हुनु भएन । आयोजकले निरन्तर उहाँलाई बोलाई रहेको थियो तर दिनभर उहाँलाई राखेकाे कुर्ची खाली नै भयो ।

 

 

प्रतिकृया दिनुहोस्