OnlinePana

आज : २०८२ माघ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २५, २०८२
१५ पटक

पुर्णराज बुढ/जुम्ला,

माघ २४ गते । जुम्लाको तातोपानी गाउँपालिका लिताकोट गाउँमा निर्वतमान सांसद तथा प्रतिनिधिसभाका उम्मेदवार ज्ञानबहादुर शाहीले तरवार देखाएको भन्ने झुट भएको स्थानीयले बताएका छन् ।

उनिहरुले पत्रकार भेटघाट गरेर राति प्रचारमा आएका हामीले विगतमा काम नगरेको गुनासो पोखेको बिषयलाई सामाजिक सन्जालमा उल्टै आरोप लगाएको प्रति स्टण्डबाजी गरेको बताएका छन् । उनिहरुले गाउँमै पत्रकार भेटघाट गरेर गाउँमा प्रचारमा आएको समयमा विगतमा गर्न नसकेका कामका बिषयमा सोध्न खोज्दा उल्टै प्रहरी ल्याएर तर्सा बताएका छन् ।

स्थानीय पारस कार्कीले केही बर्ष अगाडि साउदीमा आफ्ना वुवा तिल काकीको निधन भएको नेपाल ल्याउने बिषयमा तत्कालिन सांसद ज्ञानबहादुर शाहीलाई हार गुहार गरे । भेट्न उनकै पार्टी कार्यालयमा गएपनि कुनै सुनुवाई नगरेपछि अहिले उहाँ गाउँमा आउदा सो कुराको जिज्ञासा राखेका थियौ । उहाँले मलाई चिनिन भनेपछि रिस उठेको बताउनुभयो । उहाँले वुवाको शव पछि तत्कालिन माननीय छिरिङ लामाले ल्याउन सहयोग गर्नुभएको बताउनुभयो । उहाँले आशु झादै अझै हतियार देखाए भनेर भन्नु राम्रो होईन । स्थानीय धर्मराज रावलले तरवार प्रहरीनै भएको स्थानमा कसरी तरवार हुन्छ । यो झटा हो, मेरो चरित्र हत्या गर्ने माथी कारवाहीको माग गरेका छन् । उहाँले आफु भिडियो खिचिरहेको बताउदै साउदीमा पारसका वुवाको शव ल्याउने बिषयमा गुनासो गर्दा उत्तर नदिएर ज्ञानेन्द्र फर्किएका थिए । स्थानीयले नेताले प्रचार गर्ने राति पुलिस सहित लिएर प्रचार गर्ने काम गरेर उल्टै तर्साएको बताएका छन् । महिलाहरुले समेत हिजोको काम गर्न नसकेको भनेर गुनासो गरिएको बताएका छन् ।

हामिले हतियार देखेनौ : प्रहरी

यता जिल्ला प्रहरी कार्यालय जुम्लाले लिताकोट घटनाका बिषयमा प्रहरी सोही स्थानमा रहेकाले हतियार नदेखिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीका अनुसार निर्वाचनको समयमा आफुले भिडियो दिन नमिल्ने तर हतियार नभएको बताउनु भएको छ । उहाँले लिताकोटको सो समयमा जे भिडियो जे आएको छ त्यही हो त्यहाँ तरवार देखिएको छैन् ।

 

 

प्रतिकृया दिनुहोस्