OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथोकी मगरभाद्र ७, २०८० जुम्ला,
२२० पटक

भदौ ७ गते । जुम्लाको सिंजा गाउँपालिकाले भदौ १० गतेबाट शुरु गर्ने महत्सवको तयारी गरिरहेको छ । गाउँपालिकाले पत्रकार भेटघाट गरेर केदारनाथ महोत्सवको वारेमा जानकारी सहित तयारी भईरहेको जानकारी दिएको छ ।
पत्रकार भेटघाटमा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले खस संस्कृति र परम्परागत झल्काउन महोत्सवको तयारी भईरहेको जानकारी दिनुभयो । उहाँले कर्णालीवासी परम्परा र सस्कृतिमा धनि भएको बताउदै केदारनाथ बुदवुदीमा पहिलो मष्टोका मन्दिरका धामी डांग्रीहरु आएर भारा सफा गर्ने, दोस्रो गौजो काट्ने तथा तेस्रो वर माग्ने हिसावले प्रख्यात रहेको बताउनुभयो । हामी वर माग्न धेरै टाढा पनि जान्छौ तर सिंजामै यसको शुरुवात गरेका छौ, धितालले बताउनुभयो ।

उहाँले दोस्रो पर्यटन सस्कृति तथा नागरिक उड्डन मन्त्री सुदन किराति,कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन मन्त्री कृष्णबहादुर विसी, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिमप्रकाश शर्मा सहित सरोकारवाला निकायहरुको सहभागिता रहनेछ ।

गाउँपालिकाकाको औपचारिक निम्तो :

यसैगरी जुम्लाको सिंजा गाउँपालिकाको आयोजना गरेको ऐतिहासिक धार्मिक तिर्थ स्थल केदारनाथ महोत्सवको लागी सबैलाई पत्रकार भेटघाट कार्यक्रम निम्तो गरेको हो । पालिकाको वडा नं.– ४ स्थित बुदबुदी बारेमा सम्पन्न हुने महोत्सवको भब्य रुपमा सफल पार्नेका लागि तयारी र प्रचारप्रसारको कामलाई तिव्रगतिमा अघि बढेको छ ।
‘सिंजा नेपाली भाषाको जन्म थलो समेत रहेकाले पालिका भित्र ओझेलमा परेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने सिंजाको धार्मिक पर्यटन क्षेत्रमा केदारनाथ महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । उनले महोत्सवलाई सफल पार्न पवित्र स्थल केदारनाथ बुदबुदीमा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भई सकेको छ । वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई महोत्सवलाई थप व्यवस्थापन र सहज गर्नेका लागि जिम्मेवारी समेत तोकिएको छ ।
जिल्लाकै ऐतिहासिक पवित्र धार्मिक तिर्थ स्थल केदारनाथलाई पर्यटकीय हवमा विकास गर्ने र राज्यको ध्यानाकर्षण गराउनका लागि बृहत धार्मिक महोत्सव गर्न थालिएको हो । महोत्सव स्थलमा संघीय सरकाका पर्यटनमन्त्री किराती सहित कर्णाली प्रदेशकाका भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राजनैतिकदलहरु, जनप्रतिनिधिहरु, धार्मिक अगुवाहरु, जिल्ला स्थित सरोकार निकायहरु, तिर्थालुहरु, संचारकर्मी र आम स्थानीयवासिको सहभागिता हुने गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिए ।

उपाध्यक्ष सितली रोकायाले गाउँपालिकाले यहाँको सस्कृति प्रवर्धन गर्न थालिएको कार्यक्रममा सवैको सहयोग रहेको र सवैलाई आएर मेला हेरिदिन अनुरोध गर्दछौ । उहाँले महोत्सवमा विभिन्न खस वेसभूषा,जुम्ली अर्गानिक स्याउ,राडीपाखी लगायतका अन्य सामग्रीको अवलोकन गर्न समेत सकिने सिंजा गाउँपालिकाले जनाएको छ । सो महोत्सवमा अनुमानित २१ लाख खर्च हुने भएको छ । महोत्सव सकिएपछि सबै खर्च विवरणको सार्वजनिक गरिन बताउनुभयो । सिंजाको इतिहास अभिलेखिकरण र पालिकाको वडा नं – ३ स्थित राइके पाखोमा सिंजा राज्यको प्रभाव क्षेत्र झल्किने नेपालको नक्शा निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरि गाउँपालिकाले काम गरेको गाउँपालिका उपाध्यक्ष सितली रोकायाले जानकारी दिइन् ।

सिंजा गाउँपालिकाले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजित गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । खस भाषाको जन्मथलोसमेत रहेको सिंजालाई पर्यटकीय ‘हब’मा विकासित गर्नेका लागि पालिकाभित्रका लुकेका पर्यटन क्षेत्रलाई थप प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गाउँपालिकाले नीति अवलम्बन गरेको हो ।

 

प्रतिकृया दिनुहोस्