OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र ६, २०८०जुम्ला,
४१६ पटक

भदौ ६ गते । कर्णाली सरकारले आफ्नो स्थापना दिवस मनाईरहदा संघीयतामा वलिदानी दिने सहिदलाई यहाँका राजनैतिक दल र सरोकारवाला निकायहरु विर्सन थालेका छन् ।

संघीय संरचाना स्थापनार्थ वलिदानी दिएका हरिबहादुर कुँवरको सम्झनामा निर्माणाधिन पुस्तकालयको भवन रकम अभावमा अलपत्र अवस्थामा रहेको छ । सहिद हरिबहादुर कुँवर कर्णाली प्रतिष्ठानका सचिव धनबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको सहयोगमा रु ४० लाखमा दुई किस्तामा पुस्तकालयको काम भएको छ । तर पछिल्लो समयमा रकम व्यवस्थापन नहुदा भवन निर्माण हुन नसकेको उहाँ बताउनु हुन्छ । उहाँका अनुसार क्रमागत बजेट पनि के भयो थाहा भएन ।
तातोपानी गाउँपालिका ७ (साविक) ताम्ति गाविस १ निवासी कुँवरको जन्मघर सर्मिमा निर्माणाधिन अवस्थामा रहेको पुस्तकालय अलपत्र अवस्थामा रहेको हो ।

सहिद हरिबहादुरको बहुउद्देश्यीय स्मृति पुस्तकालयको लक्ष्य लिईएको उक्त अलपत्र भवन तल्लो तला वाचनालय, दोस्रो तला पुस्तकालय र तेस्रो तला कार्यालय गरी रु एक करोड ३६ लाखको डिपिआर समेत रहेको र अनुसारको बजेट अभाव भएको स्मृति प्रतिष्ठानका सचिव रोकायाले बताउनुभयो । सहिदको सम्झनामा शुरु गरिएको पुस्तकालयको भवनको बिषयमा अहिले जनप्रतिनिधि, राजनैतिकदल कसैको चासो छैन् । कर्णाली प्रदेश सरकारले पनि यो बिषयमा ध्यान दिईएको छैन् । सहिद हरिबहादुर कुँवरका दाजु राजबहादुर कुवँरका अनुसार हरिबहादुरको विषयमा परिवार र नजिकको शुभ चिन्तकले मात्रै नभई राज्यले अपनत्व दिनुपर्ने आवश्यक रहेको बताउनु हुन्छ ।

शालिक राख्ने स्थान पाईएन :

स्वायत्त कर्णाली राज्यको माग गर्दै कर्णाली आन्दोलनमा हरिबहादुर कुँवरको गोली लागी निधन भएपछि यहाँका राजनैतिक दल, स्थानीय प्रशासन, नागरिक समाजको वैठकले उनलाई गोली लागेको स्थान मुख्य बजार नजिक सालिक राख्ने निर्णय भएको थियो । तर जग्गा प्राप्ति नभएपछि कुँवरको सालिक निर्माण भएपनि स्थान नहुदा काठमाडौंमै थन्किएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगाडि देखी नवनिर्मित उद्योग उपभोक्ता तथा हित संरक्षण कार्यालय अगाडि सम्ममा सालिक बनाउने भएपनि पछि स्थान टुंगो नलाग्दा सालिक राख्न सकिएको छैन् । सहिद कुँवरका दाजु राजवहादुर कुँवरका अनुसार रु १३ लागखको लगानीमा काठमाण्डौंमा सालिक बनेको छ, तर कोडियम नवन्दा, स्थान टुंगो नलाग्दा सालिक थन्किएको छ ।

प्रदेश संरचना निर्धारणको समयमा २०७२ साल साउन २२ गते शिर्षदलले शुरुवाति चरणमा ६ प्रदेशको संरचना निर्धारण गर्दा कर्णालीमा उर्लिएको आन्दोलनले जन्माएको कान्छो प्रदेश कर्णाली हो । जुम्ला सहित माथिल्लो कर्णाली र सुर्खेत सहित भेरी क्षेत्रमा चर्किएको आन्दोलनपछिको ४ जनाको वलिदानीले सरकारले सातौ प्रदेश कर्णाली प्रदेशको घोषणा गर्यो । सोही आन्दोलनको क्रममा जुम्लाका हरिबहादुर कुँवरलाई साउन ३१ गते गोली लागेर गम्भिर घाईते भई भदौ ६ गते आजकै दिन उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो ।

सुर्खेतमा पनि चर्किएको आन्दोलनमा ३ जनाको निधन भएको थियो । सरकारले उहाँहरुलाई सहिद त घोषणा गरेको छ तर सहिदको बलिदानीको उद्देश्य के हो भन्ने बिषयमा ध्यान नदिएको उहाँका दाजु राजबहादुर कुँवरले बताउनुभयो । उहाँले सहिदको बलिदानीले कोही मन्त्री भए कोही सांसद भए तर यस विषयमा चासो भएन ।
प्रदेश सांसद देवेन्द्रबहादुर शाहीले सहिदको सम्झनाका विषयमा के गर्नुपर्ने हो, त्यो बिषयमा सवै मिलेर अगाडि बढ्नुपर्ने बताउनु हुन्छ । उहाँले भवन अलपत्र भएको बिषय आफुलाई जानकारी नभएको बताउनुभयो ।
नागरिक समाज जुम्लाका संयोजक तथा स्वायत्त कर्णाली प्रदेशमा घाईते हुनु भएका राजबहादुर महत भन्नु हुन्छ, कर्णाली आन्दोनको मुख्य उद्देश्य जुम्ला राजधानीनै थियो । सहिदको बलिदानी पनि भयो, अहिले सम्मका जनप्रतिनिधिको कुनै चासो देखिएन, प्रदेशमा पनि, जिल्लामा पनि खासै चासो दिईएको देखिदैन् । प्रदेश आन्दोलनको महत्व प्रदेशकै नेताहरुले बुझ्नुपर्छ । प्रदेशको राजधानीमा सालिक निर्माण र पार्क, जिल्लामा स्थान र सालिक निर्माण गरिनुपर्ने । घाईतेहरुको सवालमा पनि सम्मान गर्न आवश्यक रहेकोछ ।

जुम्ला निवासी बुद्धिजीवि हरिहर न्याैपानेका अनुसार हरिबहादुरले दिएको वलिदानीको योगदान गर्दै प्रदेश सरकारलाई केही बर्ष अघि बजेट क्रमागतमा राखिएको थियो । तर के भयो थाहा नभएको र पुरा गर्न सवै लाग्नुपर्ने बताउनुभयो । सरकारले हरिवहादुर कुँवरलाई २०७३ साल भदौ १ गते बसेको मन्त्रीपरिषदको वैठकको वैठकले सहिद घोषणा गरेको थियो ।

क्याप्सन : सहिद हरिबहादुर कुँवरको सम्झनामा उनको गाउँमा रकम अभावले अलपत्र भवन तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्