OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३, २०८०जुम्ला,
२९७ पटक
साउन ३ गते । जुम्लाका गाउँमा करदाता शिक्षा दिन शुरु गरिएको छ, आन्तरिक राजश्व कार्यालय जुम्ला र उद्योग उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले संयुक्त रुपमा स्थानीय तहका बजारमा अनुगमन सँगै करशिक्षा दिन शुरु गरेको हो ।
सरकारको राजश्व बढाउने उद्देश्यले व्यवसायीलाई करको दायरमा ल्याउन तथा समयमै नविकरण गर्ने उद्देश्यले कर शिक्षा शुरु गरिएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।
पतारासी गाउँपालिकाको लासी बजारमा संचालित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत खेमप्रसाद उपाध्याय, उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाका, नेपाल पत्रकार महासंघ, नेपाल प्रहरी सहितको टिमले करशिक्षा दिदै आएको छ ।
टोलीले पछिल्लो समयमा पातारासी गाउँपालिकाको लासी र उर्थु बजारमा अनुगमन गरेर  व्यापारीलाई करशिक्षा दिएको छ । लासी बजारका करिब डेड दर्जन व्यवसायीलाई करशिक्षा तथा जनचेतना दिईएको छ ।   कर अधिकृत खेमराज उपाध्यायले व्यवसायी सवैले करदाता सेवा कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्न गर्नुरोध गर्नुभयो । उहाँले पान नम्बर अनिवार्य रुपमा पसल वा होटलमा टास्नु पर्ने अल्टिमेटम समेत दिईएको छ ।
कर अधिकृत उपाध्यायले यदि दर्ता नभएका व्यवसाय अवैध भएमा कानून वमोजिम ठूलो समस्या हुने बताउदै पान वा भ्याटमा दर्ता गर्दा चाहिने आवश्यक प्रक्रियाका वारेमा जानकारी गर्नुभयो । राज्यलाई तिर्नुपर्ने कर तिर्ने व्यक्ति सचेत नागरिक हुन । अर्को विल कहिले पनि खाली विल नदिन सचेत गराउदै खाली विल दिएरमा जथाभावी विलको दुर उपयोग गरिनुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाका बजार सँगै जुम्लाको सदरमुकाम खलंगा, कालिकोट र मुगुमा समेत करदाता शिक्षा दिएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जानकारी दिएको छ ।
यता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले म्याद गुज्रेका सामग्रीले मानिसको ज्यानमा असर पुरयाउने भएकाले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पशलमा एक भन्दा बढि सामग्री एकै स्थानमा राख्न नमिल्ने बताउदै मदिरा सँगै राख्न नमिल्ने मदिरा राखेमा अनिवार्य अन्तशुल्कमा दर्ता हुनुपर्ने बताउनुभयो उहाँले पशलमा पनि म्याद गुज्रेका सामग्री भेटिएमा भिन्नै कार्टुनमा राखेर सचेतना दिनुपर्ने बताउनुभयो ।
म्याद गुज्रेका सामग्री नष्ट :
पातारासी गाउँपालिकाको केन्द्ररहेको लासी बजार र उर्थुमा गरिएको अनुगमनमा मिति नाघेका खाद्य बस्तुहरु नष्ट गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा २८ वटा पशलमा अनुगमन तथा विभिन्न प्रकारका निर्देशन गरिएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनुभयो । अनुगमन गरिएका २८ होटल तथा पशलमा जसमा रु दुई हजार ६ सय ५० वरावरको मिति नाघेको सामान नियमानुसार नष्ट समेत गरिएको छ । यसैगरी पान नलिएका पलशलाई पान अनिवार्य दर्ता र नविकरण नभएकालाई नविकरण गर्न निर्देशन समेत गरिएको छ ।
क्याप्सन ः:जुम्लाको पातारासी गाउँपालिका मुकाम लासी बजारमा कर शिक्षा तस्बिर नेत्र शाही जुम्ला ।     
प्रतिकृया दिनुहोस्