OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २९, २०७७काठमाडौं
६८१ पटक

वैशाख २९ गते । जुम्लाका प्रतिनिधीसभा सदस्य गजेन्द्रबहादुर महतले लकडाउनले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टाकुरे राजा बनाएको बताउनु भएको छ । संसद वैठकको शुन्य समयमा विशेष समय लिएर बोल्दै सांसद महतले लकडाउनको समयमा सांसद पनि जिल्लामा जान नपाउने कस्तो लकडाउन भएको प्रश्न गर्दै आक्रोस पोख्नुभयो ।
सांसद महतले ७ वटा प्रदेश राजा, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय महाराजा जस्तै भएको भन्दै आक्रोस पोख्नुभयो । लकडाउनको समयमा सामान्य फुली भएको प्रहरीले सांसद चिन्दैन, प्रमुख जिल्ला अधिकारीले एक सांसद जिल्लामा जादा गृहको आदेश मान्नुपर्छ भन्ने बिषय राम्रो नभएको बताउनुभयो । उहाँले जनताले पिरमर्का पाएको छ ।
संसदमा भिन्नै प्रकारको एजेण्डा लिएर प्रस्तुत हुने महतले यसपाली सरकारले सांसदलाई पनि यात्रामा असहज बनाएको भन्दै संसद वैठकमा चर्को आवाज उठाउनु भएको छ । यता लकडाउनको समयमा सांसद महतलाई जिल्ला फर्किदा विभिन्न स्थानमा प्रहरीले रोकेको थियो ।
यस अघि जुम्लामा बत्ति नभएको समयमा उर्जामन्त्री बर्षमान पुन र नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फोन उठाउने भन्दै श्री ३ को संज्ञा दिदै व्यङ्ग्य गर्नुका साथै थुप्रै बिषयमा संसदमा गर्जिदै आउनु भएको छ ।

प्रतिकृया दिनुहोस्