OnlinePana

आज : २०८२ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १७, २०८०
६२५ पटक

 १७ बैशाख २०८०, आइतबार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा कर्णाली प्रदेशले भलिबल खेलमा स्वर्ण पदक जितेको छ ।

कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर इतिहास कायम गरेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिनुभयो । सदस्य सचिव सञ्ज्यालले सात दिनसम्म बन्द शिक्षणमा खेलाडीहरुलाई राखेपछि अपेक्षा अनुरुपको सफलता हाँसिल भएको बताउनुभयो ।

दशरथ रंगशालाको कर्बड हलमा आयोजित १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी कर्णालीले आज भलिबल खेल प्रतियोगितामा जीत हात पारेको हो । छात्रतर्फ गण्डकी प्रदेशलाई पराजित गर्दै कर्णालीले जित हात पारेको हो । कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेलेको थियो ।

वेस्ट अफ फाइभ (फाइनल)मा खेलाइएको उक्त खेलमा पहिलो सेट कर्णालीले जितेको थियो भने दोस्रो र तेस्रो सेट गण्डकीले जितेको थियो । यसैगरी चौथो सेट जित्न सफल कर्णालीले फाइनल सेट पनि आफैले जितेको थियो ।

त्यस्तै, एथ्लेटिक्सअन्तरगत चार सय र आठ सय मिटर दौड प्रतियोगितामा सरिता खड्का प्रथम, सटफुटमा धिरेन्द्र विक प्रथम, आठ सय मिटर दौडमा प्रकाश बुढा द्वितिय, एक मिटरमा सुशील आले तेस्रो, कराँते कातामा लक्ष्मकुमार शाही र प्रियङ्का शाही तेस्रो, तेक्वान्दो ४५ केजीमा निशान प्याकुरेल र छात्रा तीन हजार मिटर दौड प्रतियोगितामा उर्मिला खनाल तेस्रो र छात्रतर्फ अजय बिकले दोस्रो स्थान हात पारेको परिषद्ले जनाएको छ ।

प्रतिकृया दिनुहोस्