OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १७, २०८०
५२२ पटक

वैशाख १६ गते । हिमा गाउँपालिकाका प्रथम तथा निवर्तनमा अध्यक्ष रजबहादुर शाहीको निधन पछि शोकमा डुवेको हिमा गाउँपालिकाले आज एक दिन सवै सरकारी कार्यालय नखुलाउने भएकोे छ । पूर्वध्यक्ष शाहीको शोक तथा सम्झनामा आईतवार एक दिन सवै सरकारी कार्यालय नखुलाउने, १३ दिनमा श्रद्धाञ्जलीसभा गर्ने कार्यक्रम तय गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार पूर्वध्यक्ष रजबहादुर शाहीको सम्झनामा गाउँपालिकाले शोक मनाउने भएको छ । अध्यक्ष लक्ष्मण बहादुर शाहीद्धारा हस्ताक्षरीत सार्वजनिक विदा दिने विषयको शोक विज्ञेप्तिमा भनिएको छ, हिमा गाउँपालिका निवर्तमान अध्यक्ष श्री रजबहादुर शाही ज्यूको २०८० साल वैशाख १५ गतेका दिन कोहलपुर मेडिकल कलेज वाँकेमा उपचारका क्रममा असमाहिक निधन भएकाले उहाँको सम्मानमा गाउँपालिकाले शोक मनाउन २०८० साल वैशाख १७ गते आईतवार यस पालिकामा रहेका सरकारी तथा सवै सामुदायिक कार्यालयमा विदा दिने निर्णय गरिएको छ ।

यसका साथै गाउँपालिका स्थित सवै सरकारी कार्यालयमा १३ दिन सम्म शोक पुस्तिका राख्ने, स्वर्गिय निवर्तमान अध्यक्ष रजवहादुर शाहीको १३ औ पुञ्य तिथिको अवसरमा गाउँपालिकाको कार्यालयमा शोकसभा गर्ने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस्