OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १६, २०८०जुम्ला,
२१९ पटक

वैशाख १६ गते । जुम्लामा हात्तीपाइले रोगको सर्वेक्षण शुरु गरिएको छ । हिमाली क्षेत्रका जिल्लामा हात्तिपाईले रोगको अवस्थाका बिषयमा थाहा पाउन सर्वेक्षण शुरु गरिएको हो ।

किटजन्य रोग अनुसन्धान तथा तालिक केन्द्र हेटौडाले ४ देखी ८ कक्षामा अध्ययनरत्त छात्र छात्राहरुमा नमूनाको रुपमा हात्तिफाईले रोगको सर्वेक्षण शुरु गरेको हो ।

कक्षा ४ देखी ८ का छात्र छात्राहरु अधिकतम ९ देखी १४ वर्ष उम्मेर समुहका हुने भएको भएकाले यसले नयाँ संक्रमण भए नभएको मापन गर्न सजिलो हुने भन्दै उनीहरुका सर्वेक्षण गरिने भएको किटजन्य रोग अनुसन्धान तथा तालिक केन्द्र हेटौडाका भेक्टर कन्टोल अधिकृत कुमार प्रसाद पौडेलले जानकारी दिनुभयो । हिमाली जिल्ला कालिकोट ,जुम्ला , मुगु र हुम्लामा हात्तीपाइले रोगको सर्वेक्षण गरिदैछ । जसमा जुम्लाका ३२ वटा बिद्यालयमा गरिने योजना अनुसार शुक्रबार गुठीचौर गाउँपालिकाको सत्यावती मावि, हिम शिखर मा.वि., तिलाको जनजागृति मा.वि सिञ्जा, कनकासुन्दरीका ४ विद्यालयमा सर्वेक्षण गरिएको छ । पहिलो दिनमा ६० जना वालवालिकाको रक्तजाँच गरेर नमूना परीक्षण गरिएको र जाँच गरिएका विद्यार्थी सवैमा नतिजा नेगेटिभ आएको बताउनुभयो ।

एक बिद्यालयका १६ जना बालबालिकालाई जाँच गरी जिल्ला भरका ४ सय ८० जनालाई जाँच गरिने लक्ष्य रहेको छ । यो उमेर समुहका वालवालिकाहरुको रोगको जोखिम क्षेत्रमा आवत जावत न्यून हुने भएकाले यो समुहमा नयाँ संक्रमण भए नभएको एकीन गर्न खोजिएको हो । जुम्लाका आठ वटै स्थानीय तहकालाई समेटिने गरी सामुदायिक बिद्यालयका अध्ययनरत बालिवालिकामा जाँच गरिदै छ ।
किटजन्य रोग अनुसन्धान तथा तालिक केन्द्रका निर्देशक केशव राज पण्डितका अनुसार हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ ।

क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन् । लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन । उहाँले देशका ६४ जिल्लामा हात्ति पाईले रोगको औषधी शुरु गरिएकोमा पछिल्लो समय ४९ जिल्लामा रोकिएको छ । यस रोगको न्यूनिकरण अभियानमा हिमाली जिल्लाको अवस्था के छ भनेर पूर्वको रसुवा लगायतका जिल्लामा यस अघि जाँच गरिएकोमा रसुवामा पोजेटिभ देखिएको उहाँले बताउनुभयो । यस पटक जुम्ला, हुम्ला, मुगु र कालिकोटमा यो सर्वेक्षण गरिने भएको छ । सर्वेक्षणमा यदि ३ जना भन्दा बढीलाई देखिएमा औषधी कार्यक्रम शुरु गरिने बताईएको छ ।
केन्द्रका अनुसार यस अघि हिमाली जिल्लामा हात्ति पाईले थिएन । तर अहिले जलवायुपरिवर्तन संगै लामखुट्टेको टोकाइ बाट सर्ने गर्दछ । यस कारण जेखिम मापन गर्न बाकी जिल्ला ८ (हिमाली) रहेका छन ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म आम औषधी सेवन मार्फत संसारभरबाटै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । नेपाल सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधी सेवन कार्यक्रममा सहभागी भई वर्षको एक पटक लगातार ६ वर्षसम्म हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गर्ने र अरुलाई पनि गर्न लगाउने कार्य अगाडी बढाएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिक केन्द्र हेटौडाले सर्वेक्षण अभियानको बिषयमा जुम्लामा सरोकारवाला निकायलाई अभिमुखीकरण समेत गरेको छ । अभिमुखीकरणमा जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले हात्तीपाईले रोगबाट बच्न दुई थरि औषधिहरु प्रयोग गरिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जय कुमार धिमिरेले रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नु पर्ने बताउदै यो रोग सम्बन्धीको जाँच सुरु हुनु राम्रो पक्ष हो । यसलाई पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी सबैले सहयोग गर्नुपर्छ । जिल्ला जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले हात्तीपाइले रोग कसरी लाग्छ भन्ने बारेमा सबैलाइ जानकारी हुन जरुरी रहेको बताउदै यो अभियानका लागि केन्द्रलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिकृया दिनुहोस्