OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १, २०८०सुर्खेत
१८० पटक

 

१ बैशाख २०७९, शुक्रबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नव वर्षले मुलुकमा दीगो विकास, शान्ति र सुदृढ राष्ट्रिय एकता होस् भन्ने कामना गर्नुभएको छ । दीगो विकास, शान्ति र राष्ट्रिय एकता, आजको आवश्यकता भएको पनि जनाउनुभएको छ ।

नव वर्ष २०८० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका आमाबुबा, दाजुभाई, दिदीबहिनीलगायत सम्पूर्ण नेपालीहरु जनतामा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले सुदृढ राष्ट्रिय एकताबाट मात्र यो देशको शान्ति, विकास र समृद्धिको सपना पुरा हुने बताउनुभएको हो ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले भन्नुभएको छ, “हरेक नयाँ वर्षलाई हामीले बिगतको समीक्षा र आगामी वर्षमा नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रुपमा ग्रहण गर्दै आएको छौं । नयाँ वर्ष आशा, अपेक्षा र उमंगको उत्सव पनि हो । यो उत्सव मनाउनुका साथै मुलुकमा बढ्दै गरेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रियको पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्दछ ।”

सामाजिक सद्भावसहितको समन्यायिक एवं समतामूलक सोचका साथ अगाडि बढेर आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरिती, एवं कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सम्पूर्ण नेपालीहरुमा नयाँ वर्षले हौसला प्रदान गरोस् भन्दै उहाँले सबै समुदायका नेपालीहरुबीच आपसी भाईचारा र घनिष्ठता अभिवृद्धि गर्न सहयोग पुर्याओस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्