OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,चैत्र १२, २०७९जुम्ला,
७८४ पटक

चैत १२ गते । जुम्लामा ऐतिहासिक मार्सीधानको विउ राख्ने चैत १२ गते हो । यस अवसरमा कर्णाली सरकारले जुम्लामा विदा दिने निर्णय गरेको छ । तर गत असोज महिनामा आएको बाढि र पहिरोले गएको कुलो निर्माण हुन नसक्दा यस पटक धेरैजसो किसानलाई विउ राख्न कठिन भएको छ । कुला नहुदा हिमा १ देवारगाउँका धेरै किसानले विउ राख्न सकेनन् ।

त्यो वेला सूचनाको माध्याम नभएको समयमा चैत १२ गते घर नपुग्ने जुम्लाको व्यक्ति जिउदो रहेन भन्ने उखान अहिले पनि छ तर किसानको कुलो नवन्दा यस पटक देवारगाउँवासीलाई निरासा छाएको छ ।

हिमा १ देवारगाउँका किसान सुरबहादुर शाही धानको विउ र रोपाई नहुने भएपछि अहिले सम्म भारतमा व्यापार गरिरहेको बताउनु हुन्छ । उहाँ सँगै १२,१४ जनाको किसानको टोली विउ राख्ने र रोपाई गर्ने कुलो नभएपछि घरमा नआएको बताउछन् । भारतवाट भिडियो कल गरेर किसान दलजित शाहीले यस पटक मार्सीधानको विउ राख्ने र रोपाई नहुने देखिपछि चैत १२ गते अगाडि घर पुग्ने योजना रद्ध गरिएको बताउनुभयो । उहाँले अहिले भारतमा गर्मिका सामानहरु विक्री गरेर व्यापार गरिरहेको बताउनुभयो । तर गाउँमा रहेका किसानले भने कुलो वन्ने आशामा भने विउ राखेका छन् ।

कर्णाली सरकारले यो ऐतिहासिक दिनमा विदा दिदै गर्दा असोजमा आएको बाढिले बगाएका कुलो अहिले सम्म नवन्दा यस पटक जुम्लामा धेरै स्थानमा रोपाई हुन नसक्ने चिन्ता किसानमा छ । वाढि पहिरोले हिमा गाउँपालिका १ स्थित देवारगाउँ ज्यूलो, कुच्चेकुना, पागरपाली सहित विभिन्न ज्यूलोमा क्षेति पुरयाएको छ । यसका साथै सिंजा र कनकासुन्दरीका ठूला कुलाहरु पनि गत असोज महिनाको भिषण बाढि पहिराले क्षेति भएका गाउँपालिकाले जनाएको छ ।

हिमा गाउँपालिका १ निवासी अमरबहादुर शाहीले किसानको जनजीवनमा जोडिएको खेतमा सिचाई नहुदा रोपाई नहुने, भोकमरीको डर सँगै आगामी बर्षमा विउ पाउन मुस्किल हुने डर भएको बताउनुभयो । उहाँका अनुसार सरकारले यस बिषयमा जोड दिएर बजेट व्यवस्थापन गर्न आवश्यक रहेको छ ।

यता हिमा गाउँपालिका बड्की गाउँका किसान विरबहादुर शाहीले कुच्चेकुना ज्यूलो पुरै बगाएको र पागरपालिको भत्किएकाले रोपाई हुन नसक्ने बताउनुभयो । उहाँका अनुसार सोही अनुसार विउ पनि कम राखिएको छ ।

वाढिपहिरोले गत असोज महिनामा पुरयाएको क्षेतिमा जिल्लाका धेरै क्षेत्रमा सिचाई प्रभावित भएका छन् । सिँचाई नै प्रभावित हुदा हिउँदे वाली सुक्न थालेका तथा धान फल्ने खेतमा हिउँदेवाली उत्पादनमा यस पटक कमी हुने भएकाले समस्या हुने भएको छ ।

हिमा गाउँपालिकाको देवारगाउ ज्यूला कुलो भत्किएको, कुच्चेकुना– पागरपाली ज्यूलोको करिब ४ किमी कुलोको करिब एक किलोमिटर निशानानै नरहेर भत्किएको गाउँपालिकाले जनाएको छ । हिमा गाउँपालिका १ नम्बर वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार गाउँमा भएका किसानलाई विउ राख्न भनिएको छ, तर कुलो नवनेकाकारण कसरी रोपाई गर्ने भन्ने चिन्ता भएको बताउनुभयो । उहाँले पाईप लगाएर पनि रोपाई गर्ने योजनामा रहेकाले सहयोगी सवै निकायलाई गुहारिरहेकोमा जोड दिनुभयो ।

सिञ्जा क्षेत्रको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका ठूला कुलोहरु भत्किनुका साथै कैयौ स्थानमा कुलो सहित फाटहरु वगेका छन् । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्य कनकासुन्दरीका ३ मुख्य कुला सहित धेरै क्षेति भएका बताउनुभयो । तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले तिला क्षेत्रको सवैभन्दा बढी भेरीखोला र वडा नम्बर ४ मा मार्सीधानका फाट वग्नुका साथै कुला क्षेत विच्छेद भएका बताउनुभयो ।
सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालका अनुसार जाँच कुलो, घोडेङ्गा, चुलेलगाउँ, धिताललीही सहित विभिन्न स्थानमा ठूलो मात्रामा मार्सीधान सिँचाई हुने कुला विपतले क्षत विच्छेद वनाएपछि मर्मत गर्न समस्या भईरहेको छ । यति सम्म कि स्थानीय सरकारको बजेटले नभ्याउने तरिकाले क्षेति भएको स्थानीय तहहरु बताउछन् । धान र जौ र गहु फल्ने फाट वग्दा बचेका खेतमा सिचाई नहुदा किसानलाई उत्तिकै आतुर वनाएको छ ।

यता कुलो अवरुद्ध भएपछि चन्दननाथ १ विमान स्थल क्षेत्रमा यस बर्षको हिउँदेवाली जौ र गहुँमा सिचाई हुन सकेको छैन् । हिउँदमा त सिचाई भएन तर वर्खा याममा मार्सीधान रोप्ने ज्यूलो त्यही भएकाले धान रोप्न सकिएन भने भोकमरी हुनसक्ने किसान बताउछन् । स्थानीय किसान दिपबहादुर मल्लका अनुसार अहिले कुलो सुचारु भईदिएको भए जेठमा रोपाई हुने देखिन्छ । यसका लागि सम्वन्धीत निकायहरुमा धेरैपटक अनुरोध गरिएको छ तर हाल सम्म निर्माण कार्य शुरु नहुदा समस्या भईरहेको छ ।

उर्जा विकास तथा सिचाई कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले जिल्लाभर विपतले खेति योग्य जमीन र कुलो वगाएका छन् । कार्यालयमा आएका निवेदन अनुसार कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा उर्जा विकास मन्त्रालयमा ३४ वटा कुलाको योजना निर्माणका लागि पठाएको तथ्यांक छ ।

 

प्रतिकृया दिनुहोस्