OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही , फागुन १४, २०७९ जुम्ला,
३४५ पटक

फागुन १४ गते ,नेकपा माओवादी केन्द्रले देशभर पालिका अभियान थाल्ने भएको छ ।
सोही अन्तरगत जुम्लामा पनि अभियान थालिएको हो । नेकपा माओवादी केन्दका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला ईन्चार्ज नरेश भण्डारीले देशभर पार्टी सुदृढ गर्ने १४ गतेको अभियान जुम्लामा पनि थालिने भएको छ ।
उहाँका अनुसार सोही अनुसार जिल्लामा कमाण्ड गर्ने नेताहरु पनि खटाईएको छ । उहाँका अनुसार १२ गते तयारी वैठक, अभियान उद्घाटन कार्यक्रम, १७ गते जिल्ला समन्वय समितिको वैठक, १८ गते अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको छ । समृद्ध जुम्लाका लागि सुदृढ माओवादी भन्ने मुल नाराका साथ अभियान थालिएको हो । ईन्चार्ज भण्डारीका अनसार सवै स्थानमा ११ बजेबाट कार्यक्रम हुदैछन् ।

यस्तो छ, १४ गतेको अभियानको कार्यक्रम कमाडिङ :

१) नरेश भण्डारी : चन्दननाथ नगरपालिका र गुठिचौर गाउँपालिका

२) गोमा गौतम कुँवर : तातोपानी र तिला गाउँपालिका

३) लक्ष्मी कन्या बुढा : हिमा गाउँपालिका

४) विरबहादुर कुँवर : पातारासी गाउँपालिका

५) दलबहादुर जिसी :  सिञ्जा र कनकासुन्दरी गाउँपालिका

 

 

प्रतिकृया दिनुहोस्