OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १, २०७९काठमाडौं
२७० पटक

जुम्लामा पहिलो पटक विश्व रेडियो दिवश मनाईएको छ । जिल्ला स्थिति सामुदायिक रेडियोहरुको आयोजनामा १२ औ विश्व रेडियो दिवश मनाईएको हो ।

स्थानीय तहको दिगो विकास तथा शुसासनमा सामुदायिक भूमिका बिषयक कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका कर्णाली प्रदेश अध्यक्ष गोर्खबहादुर थापाले रेडियोको ईतिहास र कर्णालीमा रेडियोको विकास क्रम सहितका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले रेडियोमा विकास सँगै सूचना प्रवाहका विषयमा स्थानीय सरकारले ध्यान दिनु पर्ने र शुसाशनको एक मात्र माध्याम संचार भएकाले सूचनामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपालमा रेडियो प्रजातान्त्रिक, रेडियो सगरमाथा सहितका रेडियोको ईतिहास देखी हाल सम्मको परिवर्तनको समयमा फष्टाउदै गरेको बिषयमा बढि जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले रेडियो सहित संचार माध्यामको दिगोपनानै शुुसाशन र विकासको आयाम भएकाले स्थानीय सरकारले त्यस बिषयमा जोड दिने बताउनुभयो । महासंघ अध्यक्ष शाहीले स्थानीय सरकारले सूचना तथा सञ्चार निति वनाएरमा धेरै विषयमा प्रभावकारीतामा सहयोग पुग्ने बताउनुभयो । उहाँले जिल्लामा सामुदायिक रेडियोको शाखा बिस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।

रेडियो दिवशको अवसरमा सरोकारवाला निकायले शुभकामना तथा सुझाव दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थानीय सरकारले सूचना निति बनाउन प्रथामिकता दिन सुझाव दिदै पत्रकारहरुले पनि आफ्नो कर्तब्यका वारेमा विर्सन नहुने बताउनु भयो ।
गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले ले हिजो कुनै समय कोठाभित्र मात्रै छलफल हुने बिषय आज संचार माध्यामका कारण ठूलो मासमा जाने भएकोमा जोड दिदै पत्रकारले आफ्नो पेशागत नैतिकतामा जोड आवश्यक रहेको सुझाव दिनुभयो । प्रशासकीय अधिकृत देवकी रावतले रेडियोको शुरुवातिमा कर तिरेर रेडियो दर्ता गरिनुपर्ने अवस्था देख्री यहाँ सम्मको विकास महत्वपूर्ण रहेको र पत्रकारले थप खोज मुलक समाचारमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिहं वोहराले जडिबुटिको भण्डारण पातारासीको स्वामित्व, संरक्षण र अधिकारको बिषयमा मिडियाले प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले गुमनाममा रहेका त्यस क्षेत्रका पर्यटकीय स्थलको प्रचार प्रसार आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले सुशासन कायम गर्न स्थानीय तहका कार्यक्रम लाईभ गरिदिन अनुरोध गनुभयो । उहाँले संचार माध्याम मात्रै नभई गाउँसभामा स्थानीय प्रशासनको उपस्थिति हुनुपर्नेमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले प्रदेश कमिटि सदस्य नन्दराम रोकायाले संचार माध्याममा दलको जहिले पनि सकारात्मक सहयोग हुदै आएको तर राजनितिक रुपमा संचार माध्याम कतै एकपक्षिय भएकोछ भने सच्याउनु पर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका जिल्ला सचिव गोल्डेन बुढाले संचार माध्यामको दिगोपनाको विकासमा सवैले जोड दिने तर रेडियो वा कुनैपनि संचार माध्याम राजनितिक रंग लिने बिषय चुनौतिको बिषय रहेकोले पत्रकारहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले आफ्नै सहकर्मीले तलव नखाएको बिषय पत्रकारले समचार लेख्नुपर्ने बताउनुभयो । राप्रपाका पूर्व केन्दीय सदस्य मनसुर सुनारले आफु दलित समुदायबाट लामो समय विभिन्न पदमा हुदा पनि रेडियोले अन्तरवार्ता समेत नलिएको गुनासो पोख्नुभयो । उहाँले आज स्थानीय सरकारको विकास के भइरहेको छ, बजेट मात्रै खर्च गर्ने तर विकास नभएका समाचार प्रथामिकतामा पर्नुपर्नेमा जोड दिनुभयो ।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले रेडियोले छाउपडि सहितका सामाजिक क्षेत्रमा बढि जोड दिन आवश्यक रहेको बताउनुभयो । जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डाक्टर ओमप्रकाश आचार्यले प्रजातन्त्र पछि शिक्षा र संचारमा निकै परिवर्तन भएको भन्दै शुभकामना दिनुभयो ।

रेडियो दिवशको अवसरमा सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाई, तातोपानी गाउँपालिका वडा नम्बर ४ अमर रोकाया, अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपाने सहित सरोकारवालाहरु, पत्रकारहरुले सुझाव सहित शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्