

जुम्ला, भदौ २२ गते ।
जिल्ला समन्वय समिति जुम्लाको हाताभित्र सकेट बम भेटिएको छ । आज बिहान पर्खाल लगाउने क्रममा सकेट बम भेटिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो ।
जिल्ला समन्य समिति भित्र सकेट बम भेटिएपछि नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी त्यहाँपुगेको छ । सकेट बम भेटिएपछि त्यस क्षेत्रमा पुगेको नेपाली सेनाको टोलीले निस्कृय गर्ने तयारी गरिरहेको छ । नेपाली सेना देविदत्त गण जुम्लाबाट बम बिष्फोटन टोली त्यहाँ पुगेर निस्कृय गर्न तयारी गरिरहेको मेजर रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
सकेट बम यूद्धकालको हुन सक्ने स्थानीयको अनुमान छ । पुरानो खिया लागेको उक्त सकेट बम भेटिएको हो । वि.सं २०५८ साल कार्तिक २८ गते तत्कालिन बिद्रोही नेकपा माओवादीले जुम्ला आक्रमण गरेको थियो । सोही समयको बम हुन सक्ने अनुमान स्थानीयको छ ।
फोटो क्याप्सन :जिल्ला समन्वय समितिमा भेटिएको बम तस्बिर नेत्र शाही, जुम्ला ।