OnlinePana

आज : २०८१ माघ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २४, २०७९सुर्खेत
५३३ पटक

२४ माघ २०७९, मंगलबार

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्त बैठकले चालु आव.०७९÷०८० असार मसान्तभित्र भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय तथा मातहतमा रहने संरचना र दरबन्दीको निक्र्यौल गर्ने निर्णय गरेको प्रवक्ता जिसीले जानकारी दिनुभयो ।

त्यस्तै, एकीकृत मन्त्रालयको नाम चालु आव.०७९÷०८० असार मसान्तसम्म साविकको दिएको अख्तियारी अनुसार नै बजेट तथा कार्यक्रम कार्यान्वयन तथा हाल कार्यरत प्रदेश सचिव (भौतिक पूर्वाधार र जलस्रो तथा उर्जातर्फ) हरुले साविकको कार्य जिम्मेवारी अनुसारकै कार्य क्षेत्रमा कामकाज र एकको अनुपस्थितिमा अर्कोले कार्य सम्पादन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयको प्रस्तावमा एकीकृत बस्ती विकास नियमावली, २०७९ स्वीकृत गरेको उक्त मन्त्रिपरिषद्को बैठकले २०७९ फागुनदेखि प्रत्येक महिनाको दोस्रो र चौथो हप्ताको बुधबार दिनको ४ः०० बजे बैठक बस्ने निर्णय गरेको छ ।

प्रवक्ता जिसीका अनुसार उक्त बैठकबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा कर्णाली प्रदेशभर प्रदेश तथा स्थानीय तहका कार्यालयका लागि मात्र विसं.२०७९ फागुन १ गते सोमबार जनयुद्ध दिवसको सार्वजनिक विदा दिने र सोको सूचना प्रदेश राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस्