

माघ १० गते । यस पटकको हिउँदमा जुम्लामा हिउँ परेको छ । हिउँदे सिजनमा जहिले पनि हिउँ पर्नेमा यस पटक ढिलाई भईरहेको समयमा आज विहान देखी हिउँ पर्न शुरु गरेको छ ।
जुम्ला सदरमुकाम सहित जिल्लाभरी हिउ परिरहेको छ । अहिले सम्म यस क्षेत्रमा करिब आधा फिट हिउँ परि सकेको छ । हिउँपरेपछि विशेषगरी किसानहरु खुशी भएका छन् । हिउँदे सिजनमा तापक्रम माईनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिचाईको माध्याम हो ।
हिउँदे सिजनमा विशेषगरी जौँ, गहु लगायतकावाली लगाईन्छ, पानी नआउदा वाली सुक्न थालेको थियो अव सहज हुने भएको छ । हिउँ परेपछि किसानहरु ख्शी भएका छन् । चन्दननाथ नगरपालिका ८ का किसान धनराशी भण्डारीले हिउँले हिउँदे वालीमा सहज हुने भएको वताउनुभयो । उहाँले हिउँको प्रतिक्षामा हामी किसानहरु थियौ अव सहज हुने भएको छ ।
जुम्लाको तापक्रम पनि निकै चिसो हुदै गएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार माईनस माईनस १.४ रहेको छ । हिउ नपर्दा भने तापक्रम झन चिसो थियो । तिन दिन अघि जुम्लाको तापक्रम माईनस ७ डिग्री समेत पुगेको थियो ।