OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ४, २०७९सुर्खेत
१९१ पटक

४ माघ २०७९, बुधबार

नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले संघ सरकारमा कर्णाली अट्न नसकेको टिप्पणी गर्नुभयो ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने केन्द्रको दृष्टिकोण आज पनि सकरात्मक नभएको जिकिर गर्नुभयो । कर्णालीबाट अनुभव बटुलेका नेताले जितेर गएका छन्,” उहाँले भन्नुभयो, तथापि मंगलबार विस्तार भएको संघ सरकारको मन्त्रिपरिषद्मा कर्णाली अट्न सकेन ।

कर्णालीको मुख्यमन्त्रीसमेत भइसक्नुभएका नेता शाहीले कर्णालीलाई दास भन्दा तलको व्यवहार गरिएको भन्दै केन्द्रीय नेतृत्वप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “केन्द्रले अहिले देखाएको व्यवहार हामीले साझा चिन्तन र एकमत भएर हिड्न नसकेको परिणाम हो । यसको उदाहरण कर्णालीमा उपसभामुखमा उम्मेदवारी दिनुभएका इन्द्रकुमारी शाहीलाई मत दिन आग्रह गर्दछु ।”

कर्णालीको प्रतिपक्ष गरिबी, रोग र अशिक्षा भएको बताउँदै उहाँले सबै मिलेर कर्णाली निर्माणको अभियान हातेमालो गर्ने उदाहरणीय व्यवहार देखाउन सम्पूर्ण प्रदेशसभा सदस्यहरुलाई अनुरोध गर्नुभयो ।

प्रतिकृया दिनुहोस्