OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १९, २०७९काठमाडाैं
४७२ पटक

१९ पुस २०७९, मंगलबार

कोन्ज्योसोम गाउँपालिका ललितपुरका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले तोकिएको समयमै जिम्मेवारी पुरा गर्न शाखा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

गाउँपालिका अन्तरगत सम्पूर्ण शाखा प्रमुखहरुलाई स्थानीय सरकार संस्थागत स्व–मूल्याङ्कन (लिजा), वित्तिय सुशासन जोखिम मूल्याङ्कन (एफजीआरए) र योगदानमा आधारित अनुदानको अन्तिम प्रगति र प्रविष्टी आजै पुरा गर्न निर्देशन दिनुभएको हो । “प्रगतिबारे आज सबै कार्य पूरा गरी भोलि बिहान बस्ने कार्यपालिकाको बैठकबाट अनुमोदन गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “यो महिनाको मसान्तभित्रै वित्त आयोग, मन्त्रालय, प्रदेश सुशासन केन्द्र र जिल्ला समन्वय समितिको कार्यालयमा पठाउनुपर्छ ।”

उहाँका अनुसार समयमै प्रगति र आवश्यक विवरण तयार नगर्दा पछि समस्या हुने कुरालाई ध्यान राखेर निर्देशन दिइएको हो । आ–आफ्नो शाखासँग सम्बन्धित सूचकको कागजात प्रमाण बुझाउन र सोसँग सम्बन्धित प्रगति विवरण वा निर्णय तयार गर्न बाँकी लेखा, प्रशासन, योजना, प्राविधिक, शिक्षा र स्वास्थ्यलगायतका शाखा प्रमुखहरुलाई आज दिउसो २ः०० बजेभित्र सूचना र प्रविधि शाखामा बुझाई जिम्मेवारी पुरा गर्न प्रमुख प्रशासकीय अधिकृत बुढथापाले सुझाउनुभएको छ ।

आठ स्थानीय तह रहेको ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, बाग्मती, गोदावरी, महालक्ष्मी र महाङ्काल नगरपालिका तथा कोन्ज्योसोम गाउँपालिका मध्ये गत आव.२०७८÷०७९ मा यस जिल्लाको स्थानीय सरकार संस्थागत स्व–मूल्याङ्कन (लिजा) र गुणस्तर परीक्षणमा कोन्ज्योसोम गाउँपालिका प्रथम भएको थियो ।

प्रतिकृया दिनुहोस्