OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ८, २०७९सल्यान
१३५ पटक

८ मंसिर २०७९, बिहीबार

सल्यान १ र २ प्रदेशसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार भिमप्रकाश शर्मा र सुरेश अधिकारी विजयी हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का शर्माले २२ हजार २४३ मत ल्याएर विजय हुनुभएको विजयी हुनुभएको हो । उहाँले आठ हजार १८ को मतान्तरले जित्नुभएको छ । शर्माका प्रतिस्पर्धी नेकपा एमालेका कुलबहादुर गिरिले १४ हजार २२५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जानकारी दिएको छ ।

त्यस्तै, प्रदेश २ मा नेपाली काँग्रेसका सुरेश अधिकारीले २० हजार ४०८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गुलाबजंग शाहलाई तीन हजार ७९० मतको फरक पार्दै जित हाँसिल गर्नुभएको हो । शाहले १६ हजार ६१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सल्यान प्रदेश १ मा ४१ हजार १७६ मत खसेकोमा ३८ हजार ८२८ र प्रदेश २ मा ४१ हजार ९६७ मत खसेकोमा ४० हजार ६९ मत मत सदर भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्