कोरपाटी संवाददातामंसिर ७, २०७९जुम्ला

२३५ पटक

७ मंसिर २०७९, बुधबार
जुम्ला प्रदेशसभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार टेकराज पछाई विजय हुनुभएको छ । गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजय हुनुभएको हो ।
उहाँले खसेको सात हजार ८१५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रोकायले छ हजार ७२२ मत ल्याउनुभयो ।
एक हजार ९३ मतान्तरले पछि पार्दै पछाईले जित हात पार्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सूचना अधिकारी धर्म स्वाँरले जानकारी दिनुभयो । प्रदेशसभा ‘ख’मा २० हजार ६१६ मत खसेको थियो।