OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक २९, २०७९ जुम्ला,
२६७ पटक

 

कात्तिक २९ गते । नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति तथा जुम्ला प्रदेश (क) प्रदेशसभा सदस्यका उम्मेदवार ललितजंग शाहीले यस पटक गठवन्धनलाई मत हालेर जनताको मत खेर नजाने बताउनु भएको छ ।

उहाँले गठवन्धनलाई मात्रै बिजय गरायो भने जुम्लाको विकासको समृद्धि हुनेमा जोड दिनुभएको छ ।
पत्रकारहरु सँग प्रतिक्रिया दिदै शाहीले स्थिर सरकार र दिगो विकासका लागि गठवन्धन भएकाले जनताले राम्ररी बुझेको बताउनुभयो । उहाँले जुम्लामा गठवन्धनको चुनावी अभियान तिब्र पार्नुका साथै विभिन्न समयमा वैठक तथा समन्वय भएकोमा जोड दिनुभयो ।

पत्रकार भेटघाटमा उहाँले आफ्नो उम्मेदवारी विगत संविधानसभाको सदस्य हुदा रहेका अधुरा काम देखी जनताका आधारभुत बिषय शिक्षा, स्वास्थ्य, सड्क, खानेपानी, रोजगारीको प्रथामिकतामा जोड दिईने बताउनुभयो । आफ्नो उम्मेदवारी कर्णालीका जनताको आयू कम हुने बिषयको अध्ययन गर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप शशक्त बनाउने, कृषि प्रणालीलाई थप व्यवस्थापन तथा बजारीकरण गर्ने, जुम्लालाई केन्द्र हुनेगरी डोल्पा, जाजरकोट सड्क सहित विभिन्न काममा जोड हुने उहाँले बताउनु भयो ।

उहाँले आफु जुम्लाबाट सांसद भएर गएपछि मुख्यमन्त्रीको आकांक्षी भएको पार्टीले जिम्मा दियो भने सरकारको महत्वपूर्ण पदमा रहने जनतालाई विश्वासको प्रतिवद्धता गर्नुभयो ।

संविधान हस्ताक्षर देखी देखी विधुतको पहल :

कांग्रेस कर्णालीका सभापति समेत रहेका शाहीले आफु संविधानसभाको सदस्य हुदा संविधान वनाउने काम त गरियो नै यसका साथै अन्य काम गरेको दावी गर्नुभएको छ ।

उहाँले संविधानसभाको समयमा चौधविस जोड्ने उर्थु पक्कि पुल, जुम्ला बजार देखी कार्तिकस्वामी पक्कि पुल देखी विभिन्न काम भएको बताउनुभयो । उहाँले तत्कालिन समयमा घुघुत्तिबाट बल्ने साना जलविधुत उपभोक्ता समितिबाट संचालित विधुत गृहको नयाँ मेशिन फेर्न पनि काम भएको वताउनुभयो । उहाँका अनुसार जुम्लामा ५ मेघावाटको विधुतका लागि डिपिआर अघि बढेको समयमा तत्कालिन समयमा केन्द्र सरकारले कार्यान्वयन नगरेपछि सर्वोच्व अदालत जानुपर्ने वाध्यता भएको बताउनुभयो ।
शाही २०७० सालमा जुम्लाबाट दोस्रो संविधानसभामा संविधानसभा सदस्य बिजयी भएका थिए । जुम्लाबाट नेपाली कांग्रेसबाट संघीय सांसद हुने शाही कुटनिकि रुपमा अगाडि देखिन्छन् ।

मुख्यमन्त्रीको आकांक्षी :
प्रदेशसभाका उम्मेदवार शाही अहिले कर्णाली प्रदेशका सभापति हुनुहुन्छ । उहाँ मुख्यमन्त्रीको आकांक्षी पनि हुनुहुन्छ । यद्यपी उहाँले आफु पार्टीले भूमिका दिएमा मुख्यमन्त्रीको आकांक्षी भएको बताउनुभयो ।

कर्णालीका बहालवाला मुख्य मन्त्री जीवनबहादुर शाही पनि हुम्लावाट प्रदेशसभामा निर्वाचन लड्दै हुनुहुन्छ । शाही संसदीयदलको नेता हुने बढी सम्भावना त छ तर काग्रेसले न्याय गरेमा त्यसपछिको बरियतामा ललितजंग शाही संसदीय दलको नेता हुनेमा दुईमत छैन् । यसैले पनि मुख्य मन्त्री भईहालेमा आफ्नो पालो आउन सक्ने र जुम्लालाई हिजोको सिकाईबाट समृद्ध बनाउने अठोटमा लाग्ने उहाँको योजना छ । कर्णालीमा अघिल्लो पटक जुम्ला माओवादीका नेता नरेश भण्डारीले मुख्यमन्त्री दावी गरेपनि पालो पाईन तर यस पटक जुम्लाको पालो हुन सक्ने पनि जानकारहरुको अनुमान् छ ।

प्रतिकृया दिनुहोस्