OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी कार्तिक १७, २०७९जुम्ला ,
७३२ पटक

जुम्ला चन्दननाथ नगरपालिका ६ निवासी छिरिङ लामा २०७९ सालको संसदीय निर्वाचनमा प्रतिनिधिसभा समानुपातिक सुचीमा आफ्नो नाम परेको छ भन्दा आफुलाई अच्चम लागेको बताउनु हुन्छ । माओवादीले निर्वाचन आयोगमा अन्तिम तयार पारि बुझाएको सूचीमा जुम्लाकी छिरिङ ल्यामु लामा तामाङ उम्मेदवार बन्नु भएको हो । उहाँलाई आफु प्रतिनिधिसभाको समानुपातिक सूचिमा पार्टीले पारेको दिन देखी बास्तवमा समावेशी मुद्धामा माओवादी अगाडि रहेको झन महशुस भएको लाग्छ । नेकपा माओवादी केन्द्रले लामालाई प्रतिनिधिसभाको समानुपातिक सूचिमा पारेर उम्मेदवार वनाएको बिषयमा हिमाली भेगको मुगम समुदायको मात्रै नभई सिंगो नेपालको जनजाति समुदायकै सम्मान भएको अनुभूति भएको प्रतिक्रिया दिदै आउनु भएको छ । छिरिङलाई यस बिषयमा कोरपाटी डटकममा पत्रकार नेत्र शाहीले लिएको लिएको अन्तरवार्ताको सम्पादित अंश यस प्रकार छ ।

  • तपाई समानुपातिक सूचिमा पर्नुभएकोमा कस्तो लाग्यो ?

म अत्यान्तै खुशी छु । बास्तवमा यो अवसर दिने माओवादी पार्टी संविधान र संघीयताको सुत्रधार पनि हो । मलाई अहिले समानुपाति सुचिमा परेपछि सांसद बन्ने आशा पनि पलाएको छ । ईतिहासमै मु्गम समुदायको, क्षेत्रको प्रतिनिधिसभाको सांसद कोही पनि वन्ने अवसर पाएका छैनन् । यो आज मेरा लागि पहिलो हो । यदि पार्टीले यो समुदायको मुल्यांकन गरेमा संघीयताको कार्यान्वयन थप हुनेछ । संविधान र संघीयता ल्याउने माओवादीले बास्तममा समावेशी क्षेत्रको पहिचान दिदै छ, अनि त्यो भित्रका हामी जस्ता सक्षम मुनाहरुको खोजी गर्न थालेको छ ।

  • तपाईलाई राजनितिक प्रेरणा कसरी जाग्यो ?

पहिलो त मलाई राजनितिमा पहिलो प्रेरणाको स्रोत मेरो श्रीमान् दावा तामाङ हुनुहुन्छ । उहााले मलाई तिमी जाजिर नखाउ, व्यापार नगर तर राजनिति गर भन्नुहुन्थ्यो । त्यसपछि मैले सामाजिक काम शुरु गरे । राजनिति पनि शुरु भयो ।
पछिल्लो समय भईरहेका ठोस काम हेर्दाखेरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको बिषय मलाई अर्को प्रेरणाको स्रोत वन्यो । प्रतिष्ठानका जन्मदाता नरेश भण्डारी र माओवादी पार्टीको नेताबाट सो काम शुरु भएको भन्ने भएपछि मलाई माओवादी पार्टी देखी प्रेरणा जाग्यो । म त्यसपछि अघिल्लो निर्वाचनमा माओवादीको आस्था वोकेको हो ।

म त्यसपछि विस्तारै माओवादीको आस्था वोकेर सक्रिय रुपमा मैदानमा आए । संगठनमा सानो तिनो जिम्मेवारी लिदै अहिले म माओवादी निकट अखिल नेपाल क्रान्तिकारी महिला संघकाे प्रदेश कमिटीको सदस्यको जिम्मेवारीमा पनि छु, अनि म अहिले चन्दननाथ नगरपालिकाको माओवादी पार्टीको महिला ईन्चार्ज पनि छु । अनि म यस अघि सामाजिक क्षेत्रका काममा समेत अग्रसर थिए ।

पछि बाम एकता भयो । एकता टुट्यो । त्यसवेला देखि पनि म माओवादी धारमा लागे पछिल्लो समय म जुन ठाउँमा छु वा पिकअप गर्ने प्रयास गोमा कुवँरले बढि गर्नुभएको छ । अनि माओवादीमा महिला नेतृत्व उर्वर रुपमा अगाडि बढिरहेको देख्दा खुशी लागिरहेको छ । समावेशी एजेण्डामा माओवादीले उठाएको बिषय प्रधान हो । त्यसैले आज कैयौ दिदी वहिनीहरु राजनिति देखी हरेक क्षेत्रमा सहभागिता भएको छ । हामी पनि लम्किदै छौ ।

  • समावेशी एजेण्डामा माओवादी पार्टी प्रधान हो भन्नुभयो, किन ?

राम्रो काम र परिवर्तन गर्न खोज्ने पार्टी खोजिरहेको थिए । आज त्यही भईरहेको छ । म आम जनतालाई के भन्न चाहन्छु भने जो परिवर्तन गर्न चाहन्छ भने त्यो माओवादी हो भन्ने सत्य सावित भएको छ ।

किनकी आज दलित, महिला, पिछडिएको क्षेत्र, जनजाति सहित सवै शशक्तिकरण संघीयताको उपहारको हो । माओवादी १० बर्षे जनयूद्धको प्रमुख एजेण्डा संघीयता, समावेशी आज अरु पार्टीहरुले समेत प्रयोग गर्दै आएका छन् । आज धेरै महिला दिदीवहिनीहरु सरकारी सेवामा प्रवेश गरेका छन् । आज पिछिडिएको क्षेत्रबाट उपल्लो तहका कर्मचारी समेत भएका छ्न् ।

अहिलेको निर्वाचनमा मात्रै माओवादी पार्टीले म र लक्ष्मीकन्या बुढा, नेपाली कांग्रेसले कान्तिका सेजुवाल, नेकपा एमालेले मेनका पछाई सहितका महिलाहरु सांसदको सूचीमा परेका छौ । यो संघीयता, संविधान र जनयूद्धको उपहार हो ।

अव म के भन्न के चाहन्छु भने देशमा राष्ट्रपति महिला हुने व्यवस्था पछिल्लो परिवर्तन ल्याएको हो । यसलाई मनन गर्दै आज महिलाहरु राज्यका हरेक निकायमा समावेशी रुपमा सहभागिता हुन थालेको छ । अहिले पनि माओवादीले जुम्लामा प्रतिनिसिभाको प्रत्यक्ष उम्मेदवार गोमा कुँवरलाई बनाएको छ । यसैले माओवादी पार्टी प्रधान समावेशी एजेण्डाको सक्रियतामा अगाडि रहेको छ । हिजो माओवादीले राईफल वोकेर परिवर्तनका लागि आन्दोलन शुरु गर्यो , आज हामी माओवादी एजेण्डा राम्रो भएकाले संस्थागत गरिरहेका छौ ।

  • अन्तिममा तपाईको भनाई केही छ ?

खास अव माथी धेरै भनिसके तर म एउटै कुरा के भन्छु, भने ईतिहासमा माओवादीले मुगुम समुदायको व्यक्तिलाई ईतिहासमा पहिलोपटक समानुपातिक उम्मेदवार बनाएको छ । २० औ बर्ष अन्य दलले माथिल्लो तहमा उम्मेदवार वनाउन नसकेको अवस्थामा न्याय भएको छ । आज काठमाण्डौ र मुगु जिल्लामा समेत यस बिषयमा कार्यक्रम भईरहेका छन् ।

यसका साथै प्रदेशमा पनि (ख) मा महिला समानुपाति उम्मेदवार हुनुहुन्छ । संघमा त कर्णालीमै जुम्लामा एक्लो महिला प्रतिनिधिसभा उम्मेदवार गोमा कुँवर पनि महिला हुनुहुन्छ । अव आम मतदातामा गठवन्धनका उम्मेदवार सहित समानुपातिक केन्द्र र प्रदेशमा माओवादीलाई भारीमत दिने विश्वास छ ।

यदि सांसद भईएछ, भने संसदमा समावेशीको नारा  बुलन्द गर्ने, आवाज उठाउने मुगम समुदाय, जुम्लाको समृद्धिमा टेवा पुरयाउने मेरो प्रतिवद्धता छ ।

प्रतिकृया दिनुहोस्