OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, कार्तिक १५, २०७९जुम्ला ।
९६३ पटक

कात्तिक १५ गते, कीर्तिमानी कर्णालीका स्वर्णपदकधारी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगन्ज हुदै सोमबार गृह जिल्ला जुम्ला पुगेका बुढालाई खादा र अवीर लगाएर स्वागत तथा सम्मान गरिएको छ ।

बुढालाई स्वागत गर्न जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्यसचिव संगीता आचार्यसहित जुम्लाका सरोकारवालाहरु बाजागाजा लिएर जुम्ला एयरर्पोट पुगेका थिए ।

गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका दुर्ग बुढा प्रथम हुनु भएको थियो । उहाँका अनुसार कर्णाली प्रदेशका लागि पहिलो स्वर्ण पदक जितेका हुन् ।

बुढाले एथलेटिक्सतर्फको तीनहजार मिटर स्टेबल चेस पुरुष तर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिन सफल भएका हुनु भयो । कास्कीको पोखरामा सम्पन्न भएको प्रतिस्पर्धामा बुढाले एपिएफ क्लबका अजित यादवलाई पछि पारेका थिए । दुर्गले निर्धारित दूरी ८ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पार गरेका जानकारी दिनुभयो ।

बुढाले स्वर्ण पदक मात्रै प्राप्त गरेनन ३ हजार मिटरको अहिले सम्मको रेकड तोडेका छन् । बुढाले यस अघि खेलाडी राजेन्द्र भण्डारीले ८ मिनेट ५७ सेकेण्डमा पार गरेको समयलाई ८ मिनेट ५५.१९ सेकेण्डमा पारगर्दै किर्तिमानी कायम गरेका छन् । पोखरामा सम्पन्न उक्त प्रतियोगितामा बुढाले ५ हजार मीटरमा भने दृतीय स्थान हाशिल गरेका थिए ।

धावक बुढाका गुरु गिनिज वुक अफ द वल्र्ड रेकडर जुम्लाकै हरिबहादुर रोकायालाई समेत स्थानीय खेलाडी तथा सरोकारवाला निकायले स्वागत गरेका छ्न् । रोकायाको योगदानका कारण दुर्ग बुढा, सुनमाया बुढा जस्ता दर्जनौ खेलाडीले राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा तथा सफलता हाशिल गर्दै आएका छन् ।

दुर्गबहादुर बुढाले दांगमा भएको ८ औ राष्ट्रि«य खेलकुद प्रतियोगितामा १० किलोमिटर दौडमा पनि स्वणपदक जितेका थिए । भारतीय आर्मी समेत रहेका बुढाले भारतमा संचालित विभिन्न प्रतियोगितामा विजय हाशिल गर्दै आएका छन् ।

खेलक्षेत्रमा लगानी नभएको गुनासो :
जुम्लाको खेल क्षेत्रले फड्को मार्दै गर्दा लगानीमा ध्यान नभएको गुनासो गरेका छन् । खेलाडी दुर्घबहादुर बुढाले आज जुम्लाका खेलाडीले सामान्य पोषाक नपाएका बताउनुभयो । उहाँका अनुसार खेलाडीलाई सोही अनुसार सन्तुलित भोजन चाहिन्छ, त्यस बिषयमा ध्यान दिईएको छैन् । यसका साथै अहिले सम्म रंगशाला समेत नभएकोले अभ्यास गर्न कठिन भएको खेलाडीले बताएका छन् ।

म्याराथुन धावक हरिबहादुर रोकायाले अवको दशौ राष्ट्रिय खेलकुद प्रतियोगितामा जुम्लाले अझै बढि गोल्डमेडल ल्याउने तयारी अहिलेबाटै गर्ने बताउनुभयो । उहाँले हरेक खेलाडी मिहिनेत गरेर अगाडि बढे गोल्डमेडलिष्ट हुने र नोकरी पनि सुरक्षित हुनेमा जोड दिनुभयो । उहाँले जुम्लाको चिमारा मालिका जानेबाटोमा समेत रंगशालको सम्भावना भएकाले त्यसतिर सहयोग गर्न अपिल गर्नुभयो । उहाँका अनुसार एक त खेलाडी उत्पादन गर्न कठिनछ, अर्को भएका खेलाडीलाई संरक्षण गर्ने निति कार्यक्रममा स्थानीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यक भएको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले एथेलेटिक्स सहित जुम्लाको सम्भावनाको खेलका लागि अव जोडदार रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । जुम्लाको खेल क्षेत्रका लागि निरन्तर कर्णालीमा लड्दै आएकोमा जोड दिनुभयो ।

कर्णाली प्रदेश खेलकुद समितिका अध्यक्ष सरोज शाहीले खेलकुदमा चरम राजनितिले खास खेलाडीहरु अघि बढ्न नसकेको बताउनुभयो । उहाँले कर्णाली खेलकुद परिषदमा आफुहरुले भने बिषय गौण भएकाले समस्या भएको छ ।

एक लाख नगद सहयोग :
दुर्गबहादुर पोखरामा स्वर्णपदक जितेको खबर पाएपछि उत्साहित भएका जुम्लावासी र खेलाडी स्वागत गर्न विमानस्थलमा भिड लागेको थियो ।
यतिमात्र होईन स्थानीयले खुशी स्वरुप नगद रकम पनि दिएका छन् । सनलाई ईलेक्ट्रोनिक पसलका व्यापारी तथा स्थानीय वालकृष्ण बुढा र उहाँका दाजु भूवनसिंह बुढाले ५०।५० हजार गरी रु एक लाख रुपैया प्रदान गर्नुभएको बिजेता खेलाडी दुर्गबहादुरले जानकारी दिनुभयो । स्वर्ण पदक मात्रै होईन, नेश्नल रेकर्ड कायम गरेकोले दुर्गबहादुरलाई आफुले सानो सहयोग गरेको वालकृष्णले बताउनु भयो । उहाँले किर्तिमानी हरिबहादुर रोकायालाई पनि विशेष धन्यवाद दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्