OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आश्विन २६, २०७९जुम्ला
३४४ पटक

जुम्ला २६ असोज ।

बाढी पहिरोले १० जनाको मृत्यू भएको छ भने एक जना बेपत्ता भएका छन् । कनकासुन्दरी ५ का गणेश शाहीका ५ जना परिवार, दुई छिमेकी सहित सात जनाको मृत्यू भएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकको टोली सिंजा पुगेर पोष्ट मार्टम गरी दाहासंस्कार गरिएको छ । कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ निवासी खड्क न्यौपानेको बाढीले बगाएर मृत्यू भएको छ ।

यसैगरी हिमा गाउँपालिका ३ जोगिवाडामा बाढिले आमा छोरा बगाएकोमा आमाको शव भेटिएको प्रजिअ मुकेश कुमार केशरीले जानकारी दिए । जिल्लाको गुठिचौर गाउँपालिका वडा मणि साँघुमा घर भत्किदा डोल्पा घर भई जुम्ला सदरमुकाम आउनका लागि वास बसेकी एक महिलाको मृत्यू भएको छ ।

प्रजिअ केसरीका अनुसार हाल सम्मको प्रहरीको तथ्यांक अनुसार जिल्लामा १८७ घर पुर्ण क्षेति, ३७० घर आशिंक क्षेति र २३४ घर उच्च जोखिममा रहेका छन् । यसैगरी कर्णाली राजमार्ग, नाग्म गमगडि राजमार्ग पहिरोले यातायात आगमन ७ दिन देखी वन्द भएका छन् । २० गते वेलुकीबाट टेलिफोन र ईन्टरनेट सेवा समेत बन्द भएको सुचारु भएको छ । कृषि वालीमा अत्याधिक क्षेति भएको छ । पाकेर भित्र्याउन लागेको मार्सीधानमा धेरै क्षेति पुगेको छ भने सिमी, कोदो, मकै, सहितका वालीहरुमा क्षेति पुगेको छ ।

अत्याधिक क्षेति भएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपत व्यवस्थापन समितिको वैठकले तत्काल गर्नुपर्ने कामहरु र राहातका लागि निर्णय गरेको छ । जिल्ला समन्वय समिति, स्थानीय सरकार, राजनैतिकदल, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार तथा नागरिक समाजको उपस्थितमा सम्पन्न वैठकमा तत्काल सड्क सुचारु गर्न तथा आकस्मिक रिस्क्यू तथा राहातका लागि जिल्लाको सवै शक्ति प्रयोग गर्ने निर्णय गरेको छ ।

वैठकले २०७९ असोज १९ गते देखीको अविरल बर्षाका कारण राजमार्गमा पहिरो आई वन्द भएकाले सुचारु गर्न सड्क विभागमा सुचारु गर्न अनुरोध गर्ने, जिल्लाका आठ वटा स्थानीय तह मध्य चन्दननाथ नगरपालिकाले चार लाख र गाउँपालिकाले दुई लाखका दरले जिल्ला विपत विपत व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । जिल्ला व्यवस्थापन समितिको कोष बृद्धिका लागि सर्वसाधारणलाई समेत अनुरोध गर्ने र कर्णाली राजमार्ग तथा सहायक बाटोहरु खुलाउन जिल्लाका सवै डोजर प्रयोग गर्ने निर्णय अनुसार काम शुरु भएकोृ छ ।

स्थानीय सरकारले विपतमा पूर्ण रुपमा लागेर काम गर्ने प्रतिवद्धता जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले सवै तहले एकसाथ दुःखको घडिमा काम गनुपर्ने बताए ।

३ जनालाई हवाई उद्धार, हेलिकोप्टबाट राहात : 

विपतमा परेर घाईते भएका दुईजना र विजुली वनाउदा लडेर घाईते भएका दुई जनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । कनकासुन्दरी गाउँपालिकामा घाईते भएका सरस्वती हमाल र रामबहादुर हमाललाई सुर्खेतमा लिई उपचार गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । यसैगरी हेलिकप्टरबाट राहात प्रदान गर्न पहल भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी हिमा सिंजा र कनकासुन्दरीमा हेलिकोप्टरबाट केही राहात प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिनुभयो ।

सिंजाका ३ तहलाई संकट घोषणा गर्ने तयारी :
अत्याधिक धनजनको क्षेति भएको सिंजा क्षेत्रका ३ स्थानीय तह हिमा, सिंजा र कनकासुन्दरी र अन्य क्षेति भएका तहलाई आंशिक रुपमा संकटयूक्त स्थानीय तह घोषणा गर्ने तयारी गरिएको छ । अत्याधिक मात्रामा घरको क्षेति, जोखिम बस्ति बढि देखिएकाले स्थानीय सरकारले संकटयूक्त घोषणा गर्न माग गरका छन् ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले आफ्नो तहको क्षेतिको बिबरण दिदै विपत व्यवस्थापन समितिमा सो बिषयमा जोड दिदै, उद्धार, राहात पुनस्थापनका लागि पहल गर्न अनुरोध गरेका हुन् । विपत व्यवस्थापन समितिमा अझै तथ्यांक एकिन गरि विहिवार विहान वैठकले निर्णय गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्