OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन २६, २०७९ जुम्ला,
४५५ पटक

असोज २६ गते । जुम्लाको प्रतिनिधिसभाको सांसदका लागि ५ जनाको उम्मेदवारी कायम भएको छ । गठवन्धनका साझा उम्मेदवार गोमा गौतम (कुँवर), नेकपा एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्रपार्टीबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसानपार्टीकाट डिल्ली प्रसाद काफ्लेको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । काफ्ले नेमकिपाबाट संविधानसभा सदस्य समेत हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमका अनुसार संघीय सांसदमा डाक्टर कलबहादुर रोकायाको स्वतन्त्र उम्मेदवारी कायम छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभामा कसैले फिर्ता लिएका छैनन् ।

प्रदेशसभामा ८ जना उम्मेदवार :

मुख्य निर्वाचन कार्यालयका अनुसार जुम्ला प्रदेश (क) बाट ४ जना र प्रदेश (ख) बाट ४ जनाको उम्मेदवारी अन्तिम उम्मेदवारको नामावली कायम भएको छ ।

प्रदेश सभा (क ) गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसका कणाली प्रदेश सभापति ललितजंग शाही, नेकपा एमालेबाट धिरेन्द्रराज गिरी, नेमकिपाका राजेश्वर देवकोटा र स्वतन्त्र उम्मेदवार नेपाली कांग्रेसका नेता देवेन्द्रबहादुर शाहीकाको स्वतन्त्र उम्मेदवारी छ ।

यसैगरी जुम्ला प्रदेश सभा (ख) मा ४ जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृत गौतमका अनुसार गठवन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कर्णालीका भौतिक पुर्वाधार मन्त्री पदमबहादुर रोकाया, नेकपा एमालेका टेकराज पछाई, नेमकिपाका विर्खबहादुर रावतको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश (ख) मा ३ जनाको स्वतन्त्र उम्मेदवारी परेकोमा नेपाली कांग्रेसका पुर्वसभापति दिपबहादुर शाहीले फिर्ता लिनु भएको छ भने नेता धनबहादुर बस्नेतको स्वतन्त्र उम्मेदवारी कायमै छ । यसैगरी समाजवादीका जिल्ला नेता नन्दराम रोकायाको पनि स्वतन्त्र उम्मेदवारी परेको थियो उहाँको उम्मेदवारी फिर्ता भएको छ ।

प्रतिकृया दिनुहोस्