OnlinePana

आज : २०८१ पौष ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पुष्पा थापा आश्विन १४, २०७९जुम्ला
४८७६ पटक

तिम्रा अनुभव र सिप सिक्न प्रतिक्षामा छौ हामी
तिमी नै हौ हे ज्येष्ठ नागरिक हाम्रो ज्ञानको खानी

तिम्रो अधिकार र सम्मानको निम्ती आवाज उठाउने छौ हामी
तिमी नै त हो आफ्ना सन्तानको निम्ती संघर्ष गर्ने महादानी

सन्तानको कर्तव्य, भोक लागे भोजन दिनु, तिर्खा लागे पानी
ज्येष्ठ नागरिकलाई हेला गरे कतैबाट लाभ हुदैँन, केबल हुन्छ हानी

तिम्रा अनुभव र सिप सिक्न प्रतिक्षामा छौ हामी
तिमी नै हौ हे ज्येष्ठ नागरिक हाम्रो ज्ञानको खानी

संस्कृतमा एउटा भनाई छ, मातृदेवो भव,पितृदेवो भव, यर्थाथमा ज्येष्ठ नागरिक “जिउँदा देवता” हुन् । यसो भन्नुको कारण वर्तमानमा जे, जति उपलब्धी भएको छ, ति सबैका हकदार ज्येष्ठ नागरिक नै हुन ।

मनिसले बालक, किशोर, युवा र वृद्ध गरी चार कालको जिवन भोग्नुपर्छ । मानव जिवनमा सबैभन्दा माया र प्रेरणा पाउने अवस्था भनेको बाल्यकाल हो भने चञ्चले र रमाउने अवस्था किशोरावस्था हो अनि जिम्मेवारीको पोको बोकेर अवसर र चुनौतीको सामना गर्दे दौडिने अवस्था हो युवावस्था, भने त्यहि युवावस्थाको रोजाई र भोगाईबाट खारिदैँ मानिस वृद्धावस्थामा पुग्दछ । जुनबेला शारिरीक अशक्तता, परनिर्भरता र आशामा बाच्नु पर्दछ, त्यही बेला हेँला, घृणा र दुव्र्यवहारको शिकार बनेका कयौँ ज्येष्ठ नागरिकको अवस्था हामिले देखेका र सुनेका छौँ । बाल्यवस्था जस्तै वृद्धावस्थामा पनि माया, ममता, स्नेह र आधारभुत आवश्यकतामा परनिर्भर हुन्छ तर हाम्रो समाजमा यसको उल्टो ज्येष्ठ नागरिकहरु अपहेलित हुन पुगेका छन, अधिकांश ज्येष्ठ नागरिकको इच्छा र चाहानामा कसैको ध्यान पुग्न सकेको छैन ।

ज्येष्ठ नागरिक अनुभवले खारिदैँ र जिवनका विभिन्न कठिनाई, आरोह, अवरोह पार गर्दे वृद्धावस्थामा पुगेको हुन्छन । जिवन र जगतका हरेक अप्ठयारा पार लगाउन सक्ने क्षमता ज्येष्ठ नागरिकमा हुन्छ भन्ने हेक्का सबैले राख्नु पर्छ । काम गर्न सके सबैका प्रिय र नसके अपहेलित हुनु दुर्भाग्य हो । युवाशक्तिले ज्येष्ठ नागरिकको अनुभव र सिपको उच्च मुल्याङ्कन गर्दे सम्मान गर्नुपर्दछ किनकी हामी माथी उनिहरुको ठुलो लगानी, त्याग र समर्पण छ ।

नेपालको संविधान २०७२ को धारा ४१ र्मा ज्येष्ठ नागरिक लाई राज्यबाट बिशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ । ’ भनिएको छ । यसैगरी ज्येष्ठ नागरिकका हकहितको सुनिश्चितताका लागी विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज बनाउने उदेश्यले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ तथा ज्येष्ठ नागरिक सम्बन्धी नियमावली, २०६४ पनि जारी गरिएको छ, तथापी संविधानले प्रदान गरेको मौलिक हकको सफल कार्यान्वयन गर्नका लागी ऐन सशोधन गर्न पनि सकिएको अवस्था छैन ।

सयुंक्त राष्ट्र संघले सन् १९९० डिसेम्बर १४ मा निर्णय गरे अनुरुप सन् १९९१ देखि अक्टोवर १ लाई अन्तराष्ट्यि जेष्ठ नागरिक दिवस मनाउन थालिएको हो । नेपालले चाहि सन् १९९६ वा वि.स. २०५३ देखि जेष्ठ नागरिक दिवस मनाउन थालेको हो । यसैगरी जेष्ठ नागरिकको क्षेत्रमा थुप्रै दिवसहरु रहेका छन् । जस्तैः विश्व अल्जाइमर चेतना दिवस २१ सेप्टेम्बर, जेष्ठ नागरिक प्रति गरिने दुव्र्यवहार विरुद्ध विश्व चेतना दिवस १५ जुनमा मनाइन्छ । यसरी बर्षेनी दिवस मनाउँदा नेपालमा रहेका करिब ३३ लाख ज्येष्ठ नागरिकलाई समुचित ढङ्गले सम्बोधन गर्न भने सकिएको छैन । यसै सन्दर्भमा आज पनि हामी ३२ औँ अन्तराष्ट्यि जेष्ठ नागरिक दिवस मनाइरहेका छौ । यसर्थ हामीले जेष्ठ नागरिकका पक्षमा दिर्घकालिन सोच सहितको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तर्जुमा गर्न ढिला गर्नु हुदैँन ।

आजका बालकबालिका भोलिका ज्येष्ठ नागरिक हुन भन्ने भुल्नु हुदैँन । ज्येष्ठ नागरिकको सम्मानमा हामिले हेला र दुव्र्यवहार होइन, माया ममता र स्नेहको अंगालोमा बाध्न सक्नुपर्छ ।

तर २१ औँ शताब्दीको वर्तमान समयसम्म आईपुग्दा विकसित मुलुकको प्रभाव र आर्कषण नेपाली समाजमा पनि बढ्दै गयो र गहिरो रुपमा जरा गाड्दै गयो । परिवारका अधिकांश सदस्यहरु बयस्क उमेरमा पुग्नासाथ आफ्ना बाबुआमा सँग अलग भई छुट्टै बस्न रुचाउन थाले अनि संयुक्त परिवारमा बस्ने वातावरण विस्तारै घट्दै गएको छ । युवापिडीँ लाई आफ्नै ढगंले सानो परिवारमा बस्ने रुची जागृत भएको छ । यसले गर्दा बुढेसकालमा अरुको सहयोग चाहिने अवस्थामा पुगेका ज्येष्ठ नागरिकहरुको ठुलो संख्यामा क्रमश : बेसाहारा, अपहेलित र तिरस्कृत हुदैँ जाने स्थिती बढ्न थालेको छ, तसर्थ ज्येष्ठ नागरिकहरु प्रति हाम्रो दायित्वलाई यसरी हेर्न सकिन्छ ।

केहिबर्ष अघिसम्म हाम्रो समाजमा ज्येष्ठ नागरिकको स्थान महत्वपुर्ण थियो । ज्येष्ठ नागरिकहरुलाई संयुक्त परिवार र समाजमा मान सम्मान र आदर हुने गर्दथ्यो । उनिहरुले जिवनकालमा ज्ञान, सिप र अनुभव पछिल्लो पुस्ताको लागी मार्गदर्शन बन्दथ्यो । यसरी समाज स्वच्छ परम्परा, शुद्ध व्यवहार, हाम्रो सामाजिक सदभाव एवं् सौर्हाता, मर्यादित आचरण एव् अनुशासनको सिलसिला सन्तुलित जिवन पद्धतीको रुपमा सुन्दर ढंगबाट विकास हुदैँ आएको थियो ।

 राज्यले ( संघ, प्रदेश, स्थानिय सरकार ) ज्येष्ठ नागरिकलाई प्रत्याभुति गर्नुपर्ने सामाजिक सुरक्षाका कार्यक्रमहरु प्रभावकारी ढंगले कार्यान्वयन गर्नु र समाजमा ज्येष्ठ नागरिकहरु प्रति गरिने व्यवहार, राज्यले प्रदान गरेको सेवा सुविधाहरुमा घरपरिवारका अन्य सदस्यहरुको हस्तक्षेपलाई निराकरण गर्नका लागी सचेतनामुलक कार्यक्रम र स्थलगत अनुगमन हुनु नितान्त आवश्यक रहेको छ ।

 घर परिवार, समाज, राष्ट्रमा ज्येष्ठ नागरिक मैत्री वातावरण बन्नु आजको आवश्यकता हो । यस्तो अवस्थामा सबै पक्षको ध्यान ज्येष्ठ नागरिकहरुलाई शारिरीक , मानसिक र आर्थिक रुपमा सक्ष्म र सुदृढ गराई उनिहरुको दुख, पिडा र हिनताबोध कम गर्दे लैजानु र मनोरन्जनात्मक एव् सन्तुष्टि दिने खालका कार्यक्रमहरु सहज रुपमा स्थापित गर्दे लैजानु त्यतिकै आवश्यक छ ।

 ज्येष्ठ नागरिकहरुको हकहित र सुरक्षाको लागी यस क्षेत्रमा कार्यरत सरोकारवाला निकाय बिच समन्वयात्मक वातावरणको विकास जरुरी रहेको छ ।
 ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्न बनेका ऐन, कानुन, नियमावली को कार्यान्वयन फितलो रहेको छ , यस्ता ऐन कानुन लाई समयानुसार परिमार्जन वा सशोधन गर्दे प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको छ ।

 ज्येष्ठ नागरिकहरुले आयआर्जन गरेका ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता हस्तान्तरणको प्रबन्ध मिलाउनु पर्छ र समाजका युवाशक्तिले यस्तो ज्ञान, सिप, क्ष्मता को उच्च मुल्याङ्कन गर्दे अनुशरण गर्नु आवश्यक रहेको छ किनभने अनुभव ज्ञानको स्रोत मध्येको उत्कृष्ट स्रोत हो ।

 ज्येष्ठ नागरिकको दिनचर्यालाई सक्रिय, स्वस्थ्य र आत्मनिर्भर बनाउन उनिहरुको शारिरीक , मानसिक तन्दुरुष्टी अनुकुल बालबालिका हेर्ने, खाना बनाउने, कृषि कर्ममा लगाउने, सामाजिक कार्यमा लगाउने तथा व्यापार व्यावसायमा लगाउन सक्रिय पहल गर्नुपर्दछ ।

अत : यस्ता प्रयासबाट समाजमा ज्येष्ठ नागरिक प्रतिको सम्मानको भावना जागृत भई उनिहरुको आत्मबल बढाउन सहयोग पुग्छ । ज्येष्ठ नागरिकमा उत्पन्न समस्याको समाधान आफ्नो घरपरिवार बाट मात्रै सम्भव छ । घरपरिवारका सदस्यमा कर्तव्य र जिम्मेवारी बोधको खाँचो छ । ज्येष्ठ नागरिक ज्ञानका खानी अनि हाम्रो बुद्धिको स्रोत हुन भन्ने भावना घरघरमा गुञ्जायमान हुन आवश्यक छ, त्यसैले ज्येष्ठ नागरिकको जिवन सहज, सुरक्षित, सम्मानित र सुनिश्तिच बनाउन हामी प्रत्येक व्यक्तिको दायित्व रहन जान्छ । ज्येष्ठ नागरिक हाम्रा अमुल्य निधि र पथ प्रर्दशक हुन उनिहरुलाई घृणा होइन आदर गरौँ ।
धन्यवाद ।

लेखक : पुष्पा थापा चन्दननाथ नगरपालिका महिला तथा वालवालिका शाखामा कार्यरत हुनुुहुन्छ

प्रतिकृया दिनुहोस्