OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २, २०७९काठमाडौं
२८० पटक

  असोज २, २०७९ आइतबार

काठमाण्डाै – नेकपा एमालेले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार टुङ्गाे लगाएकाे छ ।

आइतवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै चुनावकाे समानुपातिकतर्फका उम्मेदवारको नामावली टुङ्गो लगाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले संवैधानिक प्रावधानअनुसार सबै क्लस्टर समेटेर प्रतिनिधि सभाका लागि एक सय १० जना र प्रदेश सभाका लागि दुई सय २० जनाकाे नाम तय गरिएकाे बताउनुभयाे ।

याे नामावली भाेलि साेमवार निर्वाचन आयाेगमा बुझाउने विभाग प्रमुख गुरुङले जानकारी दिनुभयाे । याे सूचीमा केही तलमाथि हुन सक्ने उहाँकाे भनाइ छ ।

प्रतिकृया दिनुहोस्