OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३१, २०७९सुर्खेत
१८४ पटक

 ३१ भदौ २०७९, शुक्रबार

कर्णाली प्रदेशसभाले पाँच वर्षमा ५३ कानून निर्माण गरेको छ । आफ्नो स्थापनाकाल यता प्रदेशसभाले निर्माण गरेका ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कानून बनेका छन् ।

विसं.२०७४ माघ २१ गते प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेशसभाको पहिलो बैठकदेखि दशौं अधिवेशनको उनान्तीसौं बैठकसम्म पारित भएका ५३ विधेयक कानूनका रुपमा प्रमाणीकरण भएका हुन् । स्थापना काल यता प्रदेशसभामा दर्ता ८३ विधेयक भएपनि खुद विधेयक ६४ मात्र रहेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

“प्रदेशसभामा ८३ विधेयक दर्ता भए यद्यपि अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयकको लगत कट्टी गर्दा खुद विधेयक ६४ रहे” सचिव बुढाथोकीले भन्नुभयो, “यसमा ११ विधेयकबाहेक अरु सबै प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कानून बनिसकेका छन् ।” उहाँका अनुसार दर्ता भएको विधेयकहरुमा ३ निष्क्रिय र आठ अध्यादेश फिर्ता भएका छन् ।

त्यसैगरी, सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाइएका विधेयकको संख्या ६, प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी रहेका विधेयक संख्या ४, टेबुल भई कारवाहीको प्रक्रियामा रहेको विधेयक संख्या १ र सभाबाट स्वीकृत भएका अध्यादेशको संख्या आठ रहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्