OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र २५, २०७९ जुम्ला,
२४७ पटक

भदौ २५ गते । जुम्ला पुर्णखोप सुनिश्चिता जिल्ला घोषणा भएको छ । जिल्लाका आठै पालिकाका सम्पुर्ण बालबालिकाले सबै खोप पाएपछि विहिबार पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री शाही पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा हुनुनै जुम्ला स्वास्थ्य स्थितीमा उल्लेखीय सुधार आएको सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो,“विकासका लागि रहेक नागरिक सक्षम सबल र स्वास्थ्य हुन जरुरी छ । नागरिक स्वास्थ्य नभई मुलुक स्वस्थ हुन सक्दैन । जुम्ला जिल्ला शिक्षा स्वास्थ्य,रोजगार पूर्वाधार विकासले हिसाबले प्रदेशकै अग्रणी भुमिकामा रहेको छ ।

पुर्ण खोप सुनिश्चिता एक उदाहरण हो ।” कर्णाली प्रदेश सरकारका पूर्वाधार विशेष कार्यक्रमको छलफलका लागि जुम्ला पुगेका मुख्यमन्त्री शाहीले जुम्ला हरेक दृष्टिले विकसित हुँदै गएको उल्लेख गनुभयो । जुम्लाको विकासका लागि कर्णाली प्रदेश सरकारले चालु आवको बजेटमा पहिलो प्रथामिकता दिएको समेत बताउनुभयो ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकायाले जुम्लाको कुनै समय सिटामोल नपाएर मृत्यु स्वीकार्ने जुम्ला पुर्ण खोप सुनिश्चिता घोषणा हुनु गौरबको कुरा भएको बताउनुभयो । दुर्गम कर्णालीमा कुनै बेला खोप भनेको के हो ? कसरी लगाउँछन् भन्ने मानसिकता परिस्थिती थियो । तर अहिले सुगमका जिल्ला भन्दा पहिला दुर्गमका जिल्ला स्वास्थ्य शिक्षामा अब्बलता र अग्रसरता देखाई रहेको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चायले बताउनुभयो ।

जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाका २ हजार ९ सय ७५ घरधुरीको सर्वेक्षणबाट २ हजार ९ सय ७५ जनानै पुर्ण खोपको पहुँचमा पुगेका छन् । खोपको लक्ष्य २ हजार ५ सय ३७ जना तोकिएको थियो । तर लक्ष्य भन्दा ४ सय जना बढी खोपको पहुँचमा पुगेपछि जुम्ला पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा हुन सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्लाका जन्मेदखी एक वर्ष उम्मेर समुहका सम्पुर्ण बालबालिका अर्थात २९ सय ७५ जनाले सम्पुर्ण खोप पाइसकेका छन् ।
पुर्ण खोप जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार अभियानकै रुपमा जिल्लाभरी १ सयद २४ वटा खोप केन्द्र संचालन गरी खोप दिइएको थियो । मानव जीवनका लागि खोप अतिनै महत्वपुर्ण रहेको कुरा समेत समुदाय स्तरमा सिकाइएको छ । पुर्ण खोप अभियानमा स्थानीयका स्वास्थ्य शाखाका जनशक्ति,महिला स्वास्थ्यम सेविकाहरु बढी परिचालित भएका थिए ।

प्रतिकृया दिनुहोस्