OnlinePana

आज : २०८१ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १७, २०७९सुर्खेत
२९५ पटक

१७ भदौ २०७९, शुक्रबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गोपाल शर्मा चयन हुनुभएको छ ।

यस अघिका प्रमुख सचेतक कृष्णा शाह प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको प्रमुख सचेतकको पदमा प्रदेशसभा सदस्य शर्मालाई जिम्मेवारी दिईएको हो । माओवादी केन्द्र प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीले बिहीबार शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

नेकपा विभाजनपश्चात् माओवादी प्रदेशसभा दलको प्रमुख सचेतकमा सीता नेपाली, ठम्मर विष्ट, कृष्णा शाह भइसक्नुभएको छ भने अन्त्यको कार्यकालमा शर्मा प्रमुख सचेतक बन्नुभएको छ । शर्मा र नेपाली दुवै निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री र आन्तरिक मामिला तथा कानूनमन्त्री बन्नु भएको थियो । विष्टले माओवादी प्रदेशसभा सदस्य तथा प्रमुख सचेतकबाट राजीनामा दिएर नेकपा एमालेमा प्रवेश गरेपछि शाहले प्रमुख सचेतकको जिम्मेवारी लिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्